भोजराज पोखरेल
सार्वजनिक जीवनमा ‘सदाचार’ का विषयमा बोल्न निकै कठिन छ । किनकि, जिम्मेवार हुँदा नियतवश नभए पनि अन्जान वा परिस्थितिवश यसको ठीक ढंगले प्रयोग र पालनामा चुकिएको हुन सक्छ । अर्थात् कतिपय विषय जनचाहना बाहिर परेका हुन सक्छन् । ‘आफ्नो पालामा के गरेका थियौं ? ’ पदमा रहँदा नगर्ने र पदबाट बाहिरिएपछि आदर्शका कुरा गरेर अर्ती–उपदेश दिने ? आदि–इत्यादि आरोपको सामना बरोबर गर्नुपर्ने हुन्छ । समाजमा ब्युरोक्रेसीलगायत सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले गुमाएको शाखको परिणामका रूपमा लिन्छु र ससम्मान स्वीकार गर्छु परिस्थितिलाई ।

