सूचनाको हक सम्बन्धी मोवाईल ‘एप’ प्रभावकारी बन्दै

By editor, 3 June, 2019

 

      काठमाडौँ, २० जेठ । सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले ल्याएको सूचनाको हकसम्बन्धी मोबाईल एप्लिकेशन प्रभावकारी बन्दै गएको छ । 
 
      लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक, सुशासन र पारदर्शीताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा जेठ १३ गते दाङको घोराहीमा आयोजित प्रदेशका सञ्चारमाध्यममा महिलाको उपस्थिति विषयक छलफल कार्यक्रमा सहभागिहरुलाई सूचनाको हक सम्बन्धी मोवाईल एपको बारेमा जानकारी गराईएको थियो ।

    प्रदेश नं. ५ साथै गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सम्पादक गरी २० जनालाई सूचनाको हको बारेमा प्रशिक्षण दिदँै यसको प्रयोगबारे बताइएको फ्रिडम फोरमको सूचना अधिकारी अरुणा अधिकारीले जानकारी दिनुभयो । 

    सूचनाको हक भनेको के हो ? यसको प्रयोग कसरी गर्ने ? सूचनको हकले के सहयोग गर्छ लगाएत यसको प्रयोगबारे जानकारी पाएपछि चार प्रदेशका स्थानीय पत्रकार तथा सम्पादकले व्यवहारीक प्रयोग गर्ने बताउनुभयो ।