नेपाल यएरलयन्सले पहाडी क्षेत्रमा उडान भर्नका लागि भनेर चीनसँग किनेको जहाज पहाडी क्षेत्रमा उडान भर्न नै नमिल्ने तथ्य खुलेको छ ।
सूचनाको हकका अभियानकर्मी राजु ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग चीनसँग खरिद गरिएका चारवटा र अनुदानमा आएका दुईवटा जहाजको प्राविधिक परीक्षण प्रतिवेदन र खरिदका लागि भएका सम्झौता लगायतका कागजातको प्रमाणित प्रतिलिपि प्राप्त गरेपछि यो तथ्य बाहिर आएको हो ।
हाल ती छवटा जहाज आइपुगेका छन् । तर, उडाउने पाइलट, इन्जिनियर र अन्य प्राविधिक लगायतको अभावले गर्दा थन्किएर रहेका छन् । ती जहाज अहिले पनि त्रिपालले छोपेर एयरपोर्टमा राखिएका छन् ।