स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्थानीय तहको मुहारै फेरिने जनताले अपेक्षा गरेका थिए । तर तिनै जनप्रतिनिधिले स्रोत साधनको फजुल खर्च गरेको तथ्य खुलासा भएको छ ।
गाउँ÷शहरको विकास गर्छु भनेर आएका जनप्रतिनिधिले सरकारले नीति नै नबनाइ तबल भत्ता बुझेको मात्र होइन, उहाँहरू आफ्नो कार्यकक्ष सजाउन मात्र लाखौँ रकम खर्च गरेको देखिएपछि अभियन्ता मुक्तनाथ भूषालले सन्धिखर्क नगरपालिकामा सूचना माग गर्नुभयो ।