By editor, 22 January, 2026

‘सूचना माग्दा एक जनालाई दु:ख होला तर त्यसको सुधारले सयौं मानिसलाई नीति, नियम र प्रक्रिया सुध्रेर देश, जनता र राष्ट्रलाई फाइदा पुग्छ भने म त्यो दु:ख झेल्न तयार छु ।’

यो वाक्य कुनै क्षणिक भावनात्मक आवेगको परिणाम होइन । यो पछिल्ला वर्षहरूमा सूचनाको हक प्रयोग गर्दै राज्यका संरचना, संस्था र प्रक्रियासँग निरन्तर जुध्दा मैले बुझेको नागरिक कर्तव्यको सार हो ।

By editor, 24 November, 2025

- उज्जवल आचार्य -

गत भदौ २४ गते बेलुकी सोसल मिडियामा पशुपतिनाथ मन्दिरमा आगो लगाउने प्रयास भइरहेको सामग्री प्रवाह भयो । टिकटकमा केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरको मूलद्वारको बन्द चेन–गेटमा चढ्ने प्रयास गरिरहेको भिडियोसहित सामग्री आयो । अघिल्लो दिन जेन–जी युवाहरूको आन्दोलनमा सरकार हिंस्रक भएपछि त्यो दिन देशैभर प्रदर्शन र आगजनी भएका थिए । त्यो सामग्री फैलिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए, सुरक्षा संयन्त्रहरू निष्प्रभावी थिए र सेनाले सुरक्षाको जिम्मा लिइसकेको थिएन ।

By editor, 13 October, 2025

सूचना माग गर्दा नदिएपछि युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेको छ । जिल्लाको सूर्नया गाउँपालिकाका युवाहरूले गत जेठ महिनामै सूचनाको हक प्रयोग गरी दुई पटक निवेदन दिँदा पनि सूचना नदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् । 

युवाहरूले तालाबन्दी गरेपछि गाउँपालिकाले शुक्रबार आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएको छ । गाउँपालिकाले सूचना नदिएसम्म सार्वजनिक सुनुवाई गर्न नदिने भन्दै युवाहरूले सो कार्यक्रम रोकेका छन् । गाउँपालिकाले गएको दुई वर्षदेखि सार्वजनिक सुनुवाईसमेत नगरेको युवाहरूले आरोप लगाएका छन् ।  

By editor, 5 September, 2025

 

जनताले चाहेअनुसार मात्रै होइन, आफ्नै प्रतिबद्धताअनुसार पनि काम गर्न नसकेको सरकारले नागरिकको आवाज मुखरित हुने सार्वजनिक प्लाटफर्म फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गराएको छ । सर्वोच्च अदालतले समेत सामाजिक सञ्जाल नियमनका लागि उपयुक्त कानुन बनाउन आदेश दिएको र सामाजिक सञ्जाल नियमन विधेयक संसद्मा विचाराधीन रहेकै वेला सरकारले हठात् बन्द नै गराएको हो । सरकारको कदम संविधानविपरीतसमेत रहेको भन्दै नागरिक, राजनीतिक दल र नेता, सञ्चारविज्ञ, सञ्चारसँग सम्बन्धित संघसंस्था र कानुन व्यवसायीले आपत्ति जनाएका छन् । 

By editor, 4 September, 2025


कानुन अनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरे पनि सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित रहँदै आएका छन् । संविधान र कानुनले नागरिकलाई सूचना माग्ने अधिकार दिएको छ तर व्यवहारमा सार्वजनिक सरोकारका सूचना र विवरण माग्दा सरकारी कार्यालयले व्यक्तिगत गोपनियता भन्दै कतिपय दिनमिल्ने सूचना पनि लुकाउने गरेका छन् । 

By editor, 15 July, 2025

सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै सरकार बनाए पनि २५ सदस्यीय मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गर्दै आएका छन् ।

By editor, 19 June, 2025

रमेश कुमार 

नागरिकका प्रश्नप्रति जवाफदेहि र पारदर्शी बन्नुपर्ने दायित्व भुलेर सूचना लुकाउनतिरै उद्यत छन्, कर्मचारी–पदाधिकारी ।

सरकारले २०७५ सालमा किसानका लागि एउटा आकर्षक योजना ल्यायो– पाँच करोड रुपैयाँसम्मको ऋणमा पाँच प्रतिशत तथा १० करोडसम्मको ऋणमा दुई प्रतिशत ब्याज अनुदान दिने। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत कार्यान्वयन हुने भनिएको योजनाको लक्ष्य बताइएको थियो, व्यापारिक खेती विस्तार र बढीभन्दा बढी उत्पादन गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने।