By editor, 9 April, 2019


 
एकजना विद्यार्थीले मागेको जानकारी र गरेको गुनासोबाट धेरै विद्यार्थीहरूलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसहरूमा सहज उपलब्ध हुने भएको छ ।
 

By editor, 3 April, 2019

 

बिना टेन्डर करोडौँ मूल्य बराबरको काठ बेच्ने विराटनगर महानगरपालिका मोरङको योजना असफल भएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारका क्रममा जोगवनीदेखि ढाटसम्मको रोडको दुबैतर्फ रहेका रुखहरूको कटान गरियो जसबाट वर्षाै पुराना बर पिपल लगायतका रुखहरूलाई कटान गरिएको थियो । 

ती काठ विराटनगर महानगरपालिकाले सुटुक्क बेच्ने प्रयास गरेको थियो । तर, सूचनाको हकका अभियन्ता विराटनगर वडा नं. ६ का राजु श्रेष्ठले जब त्यसबारे थाहा पाए अनि मागे त्यससम्बन्धी विभिन्न निर्णय र प्रक्रियाहरूको सूचना ।

By editor, 3 April, 2019

 

कान्तिपुर संवाददाता

चैत्र २०, २०७५

काठमाडौँ — प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘नियन्त्रणमुखी’ भएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसद रमेश पौड्यालले विधेयकमा अधिनायकवादको गन्ध आएको तर्क गरे ।

By editor, 2 April, 2019

नगेन्द्र अधिकारी

चैत्र १९, २०७५

हेटौंडा — प्रदेश ३ सरकारले सूचनाको हक कार्यान्वयन गर्न स्वायत्त आयोगको परिकल्पना नगरी विधेयक ल्याएको छ । सोमबार संसद्मा प्रस्तुत ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्न, कार्यालय प्रमुखले गरेको निर्णय उपर पुनरावेदन तथा अन्य उजुरी र निवेदन सुन्न एक ‘स्वतन्त्र’ पुनरावेदन समिति हुने भने पनि त्यसको गठन, संरचना आदि प्रावधानले समितिको स्वायत्ततामाथि प्रश्न उठाएको छ । 

By editor, 1 April, 2019

विराटनगर, १६ चैत । मुख्यमन्त्री शेरधन राईले सकेसम्म आगामी भदौ महिनाभित्रै सूचनाको हकसम्बन्धी प्रादेशिक कानुन ल्याइने प्रतिबद्धता जनाएका छन् । शनिबार नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस तथा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राईले उक्त प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई संघीय संरचनामा लैजान र चाँडो सूचनाको अधिकारसम्बन्धी कानुन ल्याउन प्रदेश सरकारसमक्ष दवाब सिर्जना गरेका थिए ।

By editor, 28 March, 2019

गोविन्द लुइँटेल
 

 १४ चैत २०७५ 

काठमाडौं : संविधान र कानुनले नागरिकलाई सूचनाको हकको सुनिश्चित गरेको छ। संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न र पाउने हक हुनेछ।’ तर व्यवहारमा भने राज्यका जिम्मेबार निकायले नै सर्वसाधारणलाई सूचना दिएका छैनन्।

By editor, 28 March, 2019

 

यादव हुमागाई

 बिहिवार, चैत्र १४, २०७५

सहकारी संघसंस्थाहरूले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना दिन अटेरी गरेका छन् । सहकारी विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गरेको एक वर्ष बितिसक्दा पनि अधिकांश सहकारीले विवरण नदिएका हुन् ।