विराटनगर, १६ चैत । मुख्यमन्त्री शेरधन राईले सकेसम्म आगामी भदौ महिनाभित्रै सूचनाको हकसम्बन्धी प्रादेशिक कानुन ल्याइने प्रतिबद्धता जनाएका छन् । शनिबार नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस तथा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राईले उक्त प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई संघीय संरचनामा लैजान र चाँडो सूचनाको अधिकारसम्बन्धी कानुन ल्याउन प्रदेश सरकारसमक्ष दवाब सिर्जना गरेका थिए ।

रामचन्द्र भण्डारी / नारायण अर्याल