रामचन्द्र भण्डारी / नारायण अर्याल
जेठ ३०, २०७६
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालयमा ३ वटा गाडी छन् ।
बा१३च ५७९२ नम्बरको प्राडो चढ्ने घिसिङको सचिवालयमा बा२०च ४१० नम्बरको इलेक्ट्रिक कार, बा१३च २३८१ नम्बरको मित्सुविसी जीप तथा बा१ञ १५२८ नम्बरको टोयोटा कार रहेको प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ । कार्यकारी निर्देशक घिसिङ र उनको सचिवालयमा रहेका गाडीको कुल संख्या ४ पुग्छ ।

