By editor, 23 March, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ३, २०७५

काठमाडौं – सरकारी गाडीको दुरुपयोग हुने गरेको विषय नेपालमा पटक–पटक चर्चामा आउने गरेको छ । जनताले तिरेको करबाट किनिएका सरकारी सवारीको दुरुपयोग रोक्न विभिन्न निकायले समय समयमा निर्देशन पनि दिने गरेका छन् । 

आजदेखि हामीले विभिन्न सरकारी कार्यालयमा प्रयोग भएका सवारी साधनको अवस्था, खरिद मूल्य तथा इन्धन प्रयोगको अवस्थाबारे पाठकसमक्ष जानकारी प्रस्तुत गर्ने सिलसिला शुरू गरेका छौं ।

By editor, 23 March, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ५, २०७५

काठमाडौं –महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले आफ्नो प्रयोजनका लागि ३ वटा गाडी प्रयोग गर्दै आएको पाइएको छ । त्यसमध्ये एउटा गाडी उनको सचिवालयले प्रयोग गर्छ, बाँकी दुई गाडी उनी आफैं चढ्छिन् ।

By editor, 23 March, 2019

रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ७, २०७५

काठमाडौं –शहरी विकास मन्त्रालयमा सरकारी सवारीसाधनको निकै दुरुपयोग भइरहेको पाइएको छ ।

मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो सचिवालयको प्रयोजनका लागि भनेर नै ३ वटा गाडी र एउटा स्कूटर लिएका छन्, जसमा उनी स्वयंले चढ्ने बा २ झ ३८४२ नम्बरको गाडी तथा उनका सवारी चालक र पीएसओले चढ्ने मोटरसाइकल समावेश छैन ।

By editor, 17 March, 2019

   

एक पटक लगाएपछि एउटा सिमेन्टको पर्खाल कति समय टिक्छ ? पाँच वर्ष दश वर्ष वा त्यो भन्दा धेरै । तर अर्घाखँची सदरमुकामस्थित टुडिखेलको पर्खाल भने एकै वर्षमा दुई पटक निर्माण भएको रहस्य खुलेको छ ।

कमजोर निर्माण र कमसिनका कारण अर्घाखाँची सदुरमकाुम सन्धिखर्क सदरमुकामको गहनाका रुपमा परिचित टुँडिखेल पर्खाल एकै वर्षमा दुई पटक भत्किएर सिङ्गो बजारको शोभामा धक्का पुगेपछि सूचनाको हकका अभियन्ता मुक्तिनाथ भूषालले तत्कालीन जिल्ला विकास समतिसँग सो पर्खाल निर्माणसम्बन्धी सूचना माग गर्नुभयो ।

By editor, 13 March, 2019

 

नो हर्नमार्फत उठाइएको शुल्कको हिसाब खोजेपछि विराटनगरमा जरिवाना शुल्क लिनै छोडिएको छ ।

एक अयिभानकर्मी राजु श्रेष्ठले सूचना माग्दा गैरकानुनीरुपमा लिँदै आएको सो शुल्कको प्रचलन समेत  हटेको हो ।

सडकको स्तरवृद्धि र व्यवस्थापन नगरी जिल्ला ट्राफिक कार्यालय विराटनगरले हर्न बजाउने सवारी साधानहरूलाई कारबाही गर्न थाले पश्चात त्यसको विरोधमा विराटनगर क्षेत्रमा विभिन्न कार्यक्रमहरू भए । केही अभियन्ताहरूले त्यसविरुद्धमा अदालतमा मुद्दा पनि हाले तर सूचनाको हक प्रयोग गरेर सो काबाहीवापतको रकमको विवरण माग गरेपछि अअहिले उक्त प्रक्रिया नै वनद भएको छ । 

By editor, 10 March, 2019

मुलुकको संघीय ढाँचा अनुकुल हुनेगरी तथा नेपालको संविधानको धारा ३०४ को सन्दर्भमा प्रचलित नेपाल ऐनलाई संशोधन गर्ने क्रममा सूचनाको हक सम्बन्धी ऐन, २०६४ संशोधन भएको छ । नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधनगर्न बनेको विधेयकले सूचनाको हक सम्बन्धी ऐन संशोधन गरेको हो।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा संशोधन भई निम्न उल्लेखित दफा÷उपदफाहरु थप भएका छन्ः 
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को 
(१) दफा २ को खण्ड (क) को,–
(क) उपखण्ड(३) पछि देहायका (३क) र (३ख) थपिएका छा्ः–
‘‘(३क) प्रदेश सरकारका कार्यालय वा प्रदेश सरकारद्धारा गठित निकाय,

By editor, 10 March, 2019

 

सूचनाको हक जादूको छडी होइन, तर यसको प्रयोगले आम मान्छेको जीवन सहज र हुन सक्दछ । यसको उदाहरण हालै धनगढीको सेती अञ्चल अस्पतालभित्र रहेको मात्रुशिशु तथा परिवार नियोजन केन्द्रमा देख्न पाइन्छ ।

वैशाख महिनाको चर्काे गर्मी, उक्त केन्द्रमा गर्भवती, सुत्केरी, महिला र बच्चाहरू सेवा लिन आएका थिए प्रतिक्षालयमा न बस्ने बेन्च थियो, न त अन्य कुनै सुविधा । जताततै गर्मीमा बालक काखमा लिएर महिलाहरू पसिना पसिना भएको दृश्यले जोहीलाई पनि अपठेरो लाग्न सक्छ ।

By editor, 5 March, 2019

 

कमल कोइराला

 २१ फागुन २०७५

किन अचानक कुनै नाम धेरै चर्चित हुन पुग्छ ? पशुपति शर्माको कुनै गीत पहिले पनि लोकप्रिय रहेछ । ‘मलाई अमेरिका नि यै, मलाई जापान पनि यै’ बोलेको गीत कहिलेकाहीं सुने पनि गायकको नामसँग परिचित थिइनँ । तर अहिले पशुपति शर्माको धेरै ठूलो चर्चा छायो ।