काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीहरुसँग कानुनविपरीत चर्को शुल्क असुल्ने गरेको पाइएको छ । विद्यार्थीले चर्को शुल्क तिरेरमात्रै पुग्दैन, आफ्नै उत्तरपुस्तिका हेर्न पनि अनेक खालका सर्तहरु पूरा गर्नुपर्छ । अझ उदेकलाग्दो त के छ भने एउटै कामका लागि सेमेष्टर र वार्षिक प्रणाली भनेर विद्यार्थीहरुलाई शुल्कमा विभेद गरिँदै आएको छ ।