By editor, 17 June, 2019

 

सूचनको मागेकै कारण विरगंजका भ्रष्टाचार विरोधी अभियानकर्ता विराज यादवमाथि निर्घात कुटपिट गरिएको छ ।

यादवले आफ्नो टोलको बाटोको विषयमा विरगंज उपमहानगरपालिका वडा नं. ३ मा सूचनाको हक प्रयोग गरी लागत अनुमान फारमको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।

यादवले जेठ २७ गते सोमवार वडा कार्यालय पुगेर सूचनाको निवेदन दिँदा वडा कार्यालयले आफुले माग गरेको सूचनाको निवेदन दर्ता गर्न नमानेपछि उनले हुलाकबाट निवेदन दर्ता गराउने भन्दै घर फर्किए थिए ।

By editor, 17 June, 2019

नेपाल यएरलयन्सले पहाडी क्षेत्रमा उडान भर्नका लागि भनेर चीनसँग किनेको जहाज पहाडी क्षेत्रमा उडान भर्न नै नमिल्ने तथ्य खुलेको छ ।

सूचनाको हकका अभियानकर्मी राजु ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग चीनसँग खरिद गरिएका चारवटा र अनुदानमा आएका दुईवटा जहाजको प्राविधिक परीक्षण प्रतिवेदन र खरिदका लागि भएका सम्झौता लगायतका कागजातको प्रमाणित प्रतिलिपि प्राप्त गरेपछि यो तथ्य बाहिर आएको हो ।

हाल ती छवटा जहाज आइपुगेका छन् । तर, उडाउने पाइलट, इन्जिनियर र अन्य प्राविधिक लगायतको अभावले गर्दा थन्किएर रहेका छन् । ती जहाज अहिले पनि त्रिपालले छोपेर एयरपोर्टमा राखिएका छन् ।

By editor, 16 June, 2019

 

अजय अनुरागी

जेठ ३१, २०७६

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।  

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिवालयमा काम गर्ने करारका कर्मचारी समेतले सवारी सुविधा लिँदै आएका छन् ।

राउत आफू १ करोड ६२ लाख ५० हजार रुपैयाँको फर्चुनर गाडी चढ्छन् । उक्त विलाशी गाडी २०७५ असोज २४ गते मुख्यमन्त्री कार्यालयले किनेको हो ।

By editor, 13 June, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

 

जेठ ३०, २०७६

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालयमा ३ वटा गाडी छन् ।

बा१३च ५७९२ नम्बरको प्राडो चढ्ने घिसिङको सचिवालयमा बा२०च ४१० नम्बरको इलेक्ट्रिक कार, बा१३च २३८१ नम्बरको मित्सुविसी जीप तथा बा१ञ १५२८ नम्बरको टोयोटा कार रहेको प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ । कार्यकारी निर्देशक घिसिङ र उनको सचिवालयमा रहेका गाडीको कुल संख्या ४ पुग्छ ।

By editor, 13 June, 2019

शंकरप्रसाद खनाल

बाँकेका ४ स्थानीय तहसँग मोबाइल एप

नेपालगन्ज : स्थानीय सरकार सूचना प्रविधिमैत्री बनेका छन्। सेवाग्राहीलाई सूचना प्रवाह गर्न स्थानीय सरकारले वेबसाइट र मोबाइल एप बनाएका छन्। अधिकांश वेबसाइट र मोबाइल एप अपडेटविहीन छन्।

बाँकेका ८ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाले मात्रै मोबाइल एप बनाएका छन्। अरू तह मोबाइल एपको तयारीमा छन्। अधिकांशसँग वेबसाइट छ तर अपडेट भएका छैनन्।

By editor, 10 June, 2019

aaa

 नारायण अर्याल

जेठ २७, २०७६

काठमाडौं – भ्रष्टाचार नगर्ने र भ्रष्ट कर्मचारीप्रति निर्मम बन्ने छवी बनेको छ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको तर मितव्ययी र पारदर्शी भनेर चिनिने मन्त्री यादवले मन्त्रालय र संस्थानका गाडीमा भने रजाइ गरेका छन् ।

By editor, 9 June, 2019

aaa

 रामचन्द्र भण्डारी/प्रेम चन्द

जेठ २१, २०७६

काठमाडौं – नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा रहेको भवन र जग्गाधनी आश्विन्स मेडिकल कलेजका नाममा कानून मिचेर खरिद गरिएको जग्गाको हदबन्दी छूट दिन कानून नै संशोधन गरेको पाइएको छ ।

By editor, 9 June, 2019

 

सुशील पन्त

जेठ २३, २०७६

काठमाडौं – राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएका २० वर्ष पुराना गाडी चढ्ने गरेको पाइएको छ । सार्क शिखर सम्मेलनका लागि खरिद गरिएका मर्सिडिज बुलेट प्रूफ गाडी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले प्रयोग गरिरहेका छन् ।