गौरीबहादुर कार्की
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा दोस्रोपटक उपचार गराएर स्वदेश फर्किसक्नुभयो। उहाँको स्वास्थ्य राम्रो रहेको बताइएको छ। सिंगापुरमा उपचार क्रममा प्लाज्माफेरेसिसका लागि प्रधानमन्त्रीको मुटुमा राखिएको सन्ट्रेल भेनस क्याथेटर गत भदौ २५ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निकालियो। राखेको ४५ दिनभित्र यो निकाल्नु पर्नेरहेछ। उहाँ नियमित काममा लागि सक्नुभएको छ।