सूचना दिदाँ कर्मचारी हटाइयो

By editor, 18 July, 2019

धादिङ–अमेरिका भिसा लिने वेला चुक्ता गर्नु पर्ने सम्पती कर नवुझाएर रसीद मात्रै लिएर गएका गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले राजस्व शाखामा कार्यरत कर्मचारी सुजिता रेग्मीलाई साउन १ गतेवाटै हटाएका छन् ।

गत जेठ ९ गते छोरा सुरेन्द्र श्रेष्ठ मार्फत वालुवा खानी संचालन गर्ने कम्पनी एसकेवि सप्लायर्सको नामवाट फागुन , चैत र वैशाख ३ महिनाको १ लाख १३ हजार को राजस्व विल काटेर रकमै नतिरेर अमेरिकी दुतावासमा भिसाको आवेदन दिएका थिए । उक्त राजस्व रकम नतिरे राजस्व फांट लगायतका कर्मचारीहरुलाई हैरानी भएको थियो । 

कान्तिपुर लगायत विभिन्न संचारमाध्ध्यम हरुमा गाउपालिक अध्यक्ष स्वयंले राजस्व नतिरेको समाचार प्रकाशित भए पछि खानीमा काम गर्ने कर्मचारी हेमन्त भण्डारी मार्फत नगदै राजस्व शाखामा जम्मा गरि सुजिता रेग्मीकै नामवाट स्थानीय ग्लोवल आईएमई वैंकमा १ लाख १३ हजार जम्मा गरिएको थियो ।

उक्त राजस्व रकम जम्म नगरेको सूचना र रसिद पत्रकारहरुलाई उपलव्ध गराएको आरोपमा सुजिता रेग्मीलाई अध्यक्ष श्रेष्ठको मौखिक आदेशमा साउन १ गते देखि हाजिर गर्न दिईएको छैन । रेग्मी विगत ७ वर्ष देखि तत्कालिन जिल्ला विकास समितीमा एलजिसिडपी कार्यक्रम मार्फत सामाजिक परिचालक हुदैं विगत गल्छी गाउँपालिकामा राजस्व शाखामा कार्यरत थिईन् ।

 रेग्मीलाई मात्रै हटाए सोही आरोप लाग्ने भए पछि अन्य वडानं ६ मा कार्यरत सामाजिक परिचालक रुपा ढुंगाना  र वडा नं ८ गोगनपानीमा कायरत सीता तामाङलाई पनि मौखिक आदेशमै हाजिर गर्न रोक लगाईएको कार्यालय श्रोतले वताएकोछ । 

मौखिक आदेशकै भरमा हामीलाई  १ गते हाजिर गर्न दिईएन , २ गते देखि परिक्षा भएकोले विदा लेखेकोछु । फर्के पछि न्यायका लागी हामी अदालत सम्म पुग्छौं‘ सुजिता रेग्मीले भनिन् ।