By editor, 3 September, 2021

सूचनाको हकको विकासक्रम, यसको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र यसको पहुँचको बारेमा आजको फ्रिडम चौतारी पडकाष्टमा प्रस्तुत गरेका छौं ।
गत साउन २९ गते माउन्टेन टेलिभिजनको फोरम फर पब्लिक भोईसमा प्रकाशित उक्त जानकारीमूलक छलफलमा हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा, सूचनाको हकको विज्ञ तारानाथ दाहाल र सूचनको हकको राष्ट्रिय सञ्जालका संयोजक उमीद बागचन्द ।
सुनौं, फ्रिडम चौतारी पडकाष्टको यस अंकमा उहाँहरुको छलफल:

By editor, 3 September, 2021

फ्रिडम चौतारी पडकाष्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहूँचको विषय दीगो विकासको लक्ष्य हासिल गर्ने एक प्रमुख आधार हो भन्नेमा केन्द्रीत गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि १६ वटा लक्ष्य र १६९ वटा गन्तव्यसहितको दीगो विकास लक्ष्य घोषणा गरेको ६ वर्ष भैसक्यो । सो लक्ष्यको १६ औं बुँदा मुख्यत स्वतन्त्रता, शान्ति, समानता, न्याय र समावेशी लोकतान्त्रिक समाज र शासकीय प्रणालीको सुनिश्चिताको सन्दर्भमा केन्द्रीत छ । विकास भनेको भौतिक पूर्वधार र उत्पादन मात्र होइन, त्यो मानव केन्द्रीत हुनुपदर्छ र न्यायपूर्ण र शान्तिपूर्ण समाजको लक्ष्य पुरा गर्ने हुनुपर्दछ भन्ने यो लक्ष्य

By editor, 30 August, 2021

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश दिएको छ ।

आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै देशैभरका सार्वजनिक निकायहरुलाई यस्तो आदेश दिएको हो ।

आयोगको आदेशमा भनिएको छ, ‘सार्वजनिक खरीदसम्बन्धी सम्पूर्ण कार्यहरू (शुरुदेखि अन्त्यसम्म) पारदर्शी बनाउने यसका लागि प्रत्येक सार्वजनिक निकायले आफ्नो वेवसाइटमार्फत र अन्य माध्यमबाट समेत सार्वजनिक गर्दै जाने ।’

By editor, 29 August, 2021

तारानाथ दाहाल

तथ्याङ्क समग्र विकास, राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीयलगायतका विषयलाई प्रस्तुत गर्ने विवरण हो । यसले नीति, योजना र स्रोत बाँडफाँटलाई प्रभावित गर्दछ । कुनै पनि विषयमा वस्तुनिष्ठ निर्णय लिन, नवीन व्याख्या तथा विश्लेषण गर्न र विश्वसनीयता जाँच्न तथ्याङ्कको प्रयोग हुन्छ । साथै लक्ष्य निर्धारण गर्नेदेखि यसको परिणामको अनुगमन र मूल्याङ्कन गर्न पनि तथ्याङ्क अपरिहार्य हुन्छ ।

By editor, 23 August, 2021

उठेको राजस्व कुन क्षेत्रतर्फ बढी प्रवाह हुन्छ, त्यसका निमित्त सूक्ष्म अध्ययनको आवश्यकता पर्दैन; सडकमा गुड्ने अत्यन्त महँगा तर नयाँनयाँ गाडीहरूलाई हेरे पुग्छ । सरकारको स्वामित्वमा रहेका रातो नम्बर प्लेटका गाडीहरूको प्रयोजन बुझिनसक्नु छ ।

 

विनोद सिजापती

भाद्र ६, २०७८

By editor, 19 August, 2021

सूचनाको हक

भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय प्रभावकारी होलान्, तर सूचनाको हकसम्बन्धी ऐनको प्रयोग र कार्यान्वयन सबैभन्दा प्रभावकारी हुन सक्छ । सूचनाको हकसम्बन्धी ऐनको उपयोग गरी मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्छ ।

By editor, 19 August, 2021

नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्थाको प्रारम्भ २०४७ सालको संविधानबाट भएको हो । ‘प्रत्येक नेपालीले सार्वजनिक महत्त्वका कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकार हुनेछ’ भन्ने व्यवस्था २०४७ को संविधानको धारा १६ मा गरिएको थियो । त्यस्तै, २०६३ सालको अन्तरिम संविधानको धारा २७ मा समेत‘प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनिएको छ । यससँगै ‘तर कानुनद्वारा गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन’ भन्ने व्यवस्थासमेत गरियो । सोहीअनुसार, सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन,

By editor, 19 August, 2021

नेपाल सूचनाको हक प्रदान गर्ने पहिलो दक्षिण एसियाली मुलुक हो । ०४७ को संविधानले सूचनाको हकको व्यवस्था गरी त्यसलाई आत्मसात् गरेको थियो । अन्तरिम संविधान, ०६३ हुँदै नेपालको संविधान ०७२ को धारा २७ मा सूचनाको हकलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक हकका रूपमा रहेको सूचनाको हक कार्यान्वयनका लागि ०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन जारी भई ०६५ सालमा राष्ट्रिय सूचना आयोग गठन भएको हो ।

By editor, 5 July, 2021

निषेधाज्ञाका समयमा चार्टर्ड उडानमार्फत विदेश यात्रा गरेका हजारौं यात्रुहरू ठगिएका छन् ।

सामान्य अवस्थामा निर्धारित भाडाभन्दा चार गुणासम्म बढी रकम लिएर एयरलाइन्स र ट्राभल एजेन्सीहरूले ठगी गरेपनि हालसम्म कसैलाई पनि कारवाही हुन सकेको छैन ।

सरकारले गठन गरेको छानबिन समिति औपचारिकतामा मात्र सीमित देखिएको छ । उता प्रहरी भने पीडित नै भेट्न नसकेको बताउँछ । 

कोरोना महामारीका बेलामा मानवता देखाउनुपर्नेमा एयरलाइन्सदेखि ट्राभल एजेन्सीले चरम लुट मच्चाए पनि कारवाहीमा सरोकारवाला निकाय उदासीन छन् ।