फ्रिडम चौतारी पडकाष्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहूँचको विषय दीगो विकासको लक्ष्य हासिल गर्ने एक प्रमुख आधार हो भन्नेमा केन्द्रीत गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि १६ वटा लक्ष्य र १६९ वटा गन्तव्यसहितको दीगो विकास लक्ष्य घोषणा गरेको ६ वर्ष भैसक्यो । सो लक्ष्यको १६ औं बुँदा मुख्यत स्वतन्त्रता, शान्ति, समानता, न्याय र समावेशी लोकतान्त्रिक समाज र शासकीय प्रणालीको सुनिश्चिताको सन्दर्भमा केन्द्रीत छ । विकास भनेको भौतिक पूर्वधार र उत्पादन मात्र होइन, त्यो मानव केन्द्रीत हुनुपदर्छ र न्यायपूर्ण र शान्तिपूर्ण समाजको लक्ष्य पुरा गर्ने हुनुपर्दछ भन्ने यो लक्ष्य