By editor, 17 March, 2023

रामशरण नेपाली    

सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होडबाजी चलिरहेको छ। जोसँग धेरै सूचना हुन्छ त्यो नै शक्तिशाली मानिन्छ।

सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्न सकिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग गर्न पाउने हकको व्यवस्था गरेको छ।

सूचनाको हक के हो?

By editor, 10 March, 2023

राजविराज – राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ ।

आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सप्तकोसी नगरपालिका–११ निवासी कैलाश माझीले लिखित सूचना माग गर्दा सूचना उपलब्ध नगराएको र आयोगले सो बारे लिखित जवाफ माग गरेको थियो ।

सूचना उपलब्ध गराउन आयोगबाट आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको भन्दै आयोगले कारबाही गरेको आयोगले जनाएको छ ।

By editor, 28 February, 2023

सिरहा / सुचनाको हक प्रयोगले सुशासन र पारर्दशितामा कडी लगाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन सूचनाको हकका अभियान्ता पशुराम शाह। सिराहामा अभियान्ता शाहले बैक भौचरको प्रतिलिपी माग गरेपछि शिक्षा बिकास तथा समन्वय इकाइ, सिरहाले ,एस.इ.इ. परीक्षाका लागी प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल गरेको १ लाख ५२ हजार ९ सय ६० रुपैया खातामा जम्मा गरेको रहस्य खुलेको छ ।

By editor, 28 February, 2023

कर्णालीमा छैन सूचनामा सहज पहुँच 

जितेन्द्र थापा/सुर्खेत

सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न व्यस्त थिए दैलेखका बलबहादुर थापा । दैलेखको ठाटीकाँध गाउँपालिका– २ का थापा उमेरले ६२ वर्ष पुगे । उनको सारथी हो रेडियो । उनको नेपालसहित विश्वभरको सूचना प्राप्त गर्ने मोह यो उमेरमा पनि घटेको छैन, झनै बढेको छ । गोठालो जादा हातमा लौरो र काधमा रेडियो उनको अनिवार्य नै बनको छ । कसैको रत्यौलीमा पुग्दा समेत उनको काधमा झुण्डाइएको रेडियो घन्किरहेको हुन्छ ।

By editor, 14 February, 2023

यदुनाथ बन्जारा

जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, भड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौं । यस पटक देवघाटतनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ पालिका ।

गाउपालिकाको एक रिपोर्ट :

यस गाउँपालिका

By editor, 12 February, 2023

आज सेप्टेम्बर २८ अर्थात ‘युनिर्भसल एक्सिस टु इन्फरमेसन डे’, सूचनाको हकको अन्तराष्ट्रिय दिवस हो । यसलाई आज हामी मनाउँदै छौं । यस सन्दर्भमा यो अन्तराष्ट्रिय दिवसको संस्थापना गर्ने फोयानेटको सदस्यका रुपमा फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल यस दिवसको बारेमा बताउँदै हुनुहुन्छ । साथै, नेपालमा पनि सूचनाको हकको अवस्था र चुनौतिहरु के छन् भन्ने विषयमा फ्रिडम फोरमका आदित्य दाहाल र सुरज रायको छलफल पनि सुनौँ:

By editor, 12 February, 2023

आज हामी दिगो विकास लक्ष्य हासिल गर्नका लागि सूचनाको हकको महत्त्व के छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्दै छौ । आजको उक्त विषयको छलफलमा हुनुहुन्छ, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, वरिष्ठ पत्रकार तथा सूचनाको हकका विज्ञ तारानाथ दाहाल र सूचनाको हकको लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्द । सुनौं उहाँहरूलाई आजको पडकाष्टमा : 

By editor, 5 February, 2023

Classifying information of public importance as secret raises questions about the govt's intent

The government's decision to classify 87 kinds of information as confidential, and thus requiring them to be kept secret, has met with resistance from media organisations and forums working for the right to information, or RTI.

By editor, 5 February, 2023

लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । 

संविधानले नै सुनिश्चित गरेको सूचनाको हकलाई संकुचित गर्ने ढंगले सूचना वर्गीकरणको प्रस्ताव मुख्यसचिव नेतृत्वको समितिले गरेपछि सरोकारवालाहरूले विरोध गरेका छन् । सूचनाको हकको शक्तिबारे बुझेका राजनीतिक दलका नेता बोल्न थालेका छन् । 

By editor, 3 February, 2023

Right to information (RTI) holds a lot of importance when it comes to maintaining transparency and establishing good governance. Democracy fosters only on good governance whose main pillars include transparency, rule of law, responsiveness, accountability, participation, consensual decisions, equity and effectiveness, among others. As RTI is a crucial tool for promoting good governance, the former is often regarded as a synonym for democracy. There is no doubt that the RTI is a major instrument of promoting human rights and enhancing citizens’ sovereignty.