By editor, 30 October, 2018

काठमाडौं – आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन्।

सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ।

By editor, 4 October, 2018

कृष्ण कट्टेल

 

संसद् सचिवालयकै २० हजार पुस्तक भुइँतलामा असरल्ल

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वका दस्तावेजहरूको अभिलेखबारे अध्ययन तथा अनुगमन थालेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले अध्ययन, अनुगमन गर्ने निष्कर्ष निकालेको हो ।

By editor, 28 September, 2018

मनोहर पोखरेल

राजविराज : सूचना मागेको साढे पाँच महिना बिते पनि सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका ७० बर्से तेजनारायण मण्डलले पाएका छैनन्। चैत २५ गते निवेदन दर्ता गर्दै आर्थिक वर्ष ०७४/०७५ मा नगरपालिकाबाट भएको विकासका योजना, काम, विवरण तथा खर्च, लगत स्टिमेटका विवरण माग गरेका पूर्वशिक्षक मण्डलले अझै सूचना नपाएको बताए।

By editor, 19 September, 2018

सर्लाही– राष्ट्रिय सूचना आयोगको आदेश पालना नभएको भन्दै सर्लाहीको एक विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। तत्कालिन जिल्ला शिक्षा कार्यालय एवं हाल जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय सूचना आयोगको आदेश अनुसार सूचना नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

By editor, 17 September, 2018

School Leaving Certificate (SLC) examination is regarded as the ‘Iron Gate’ for every students in Nepal. With completion of SLC, it promises new hopes and aspirations for both students and their families regarding their futures. A small error/carelessness during the process of checking answer sheets can prove fatal for students. Roji Lama and Sangam Bishwokarma represent a situation where Right to Information has helped ensure justice and subsequently secured their future. Both Lama and Bishwokarma had a proven track record in their academic performance.