धनुषा – मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई बेवास्ता गरेको भन्दै प्रदेश २ सरकारलाई राष्ट्रिय सूचना आयोगले लिखित जवाफ पठाउन आदेश दिएको छ ।
उज्यालो नेटवर्कका जनकपुरका संवाददाता पत्रकार शैलेन्द्र महतो क्रान्तिले गएकाे साउन ८ गते राष्ट्रिय सूचना आयोगमा प्रदेश २ सरकारविरुद्ध दिएको उजुरीप्रति सुनुवाई गर्दै आयोगले आदेश दिएको हो ।
गएको वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा प्रदेश २ सरकारले उहाँको स्वागतमा गरेको खर्च विवरण सहितको सूचना पत्रकार महतोले सूचनाको हक प्रयोग गरी माग गर्नुभएको थियो ।