सूचनाको हक कार्यान्वयनको अवस्था दयनीय
सुर्खेत १२ पुस । राष्ट्रिय सूचना आयोगले सुर्खेतका एक दर्जन कार्यालयमध्ये मालपोत कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था सबैभन्दा दयनीय रहेको पाएको जनाएको छ । सूचना आयुक्त किरण पोखरेलेको नेतृत्वमा सुर्खेतका करिब एक दर्जन सरकारी कार्यालयको निरीक्षणपछि आयोगले उक्त कुरा पाएको हो ।