राममणि दाहाल
हेटौंडा, भदौ ४ गते । स्थानीय तहले नेतृत्व पाएको एक वर्ष भइसक्दा पनि अझै मकवानपुरका अधिकाशं स्थानीय तहमा प्रवक्ता तोकिएको छैनन् । स्थानीय सरकारका रुपमा रहेको स्थानीय तहको निर्वाचन भएर पदाधिकारी पाएको एक वर्षको अवधिमा मकवानपुरका तीनवटा मात्र स्थानीय तहले प्रवक्ता तोकेका छन् ।
हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकामा पनि प्रवक्ता तोकिएका छैनन् । १० स्थानीय तह रहेको मकवानपुरको मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकाले मात्र कार्यालयको प्रवक्ता तोकेका छन् ।