प्राज्ञिक प्रयोजनका लागि अधिग्रहण गरिएको जग्गा पदाधिकारीहरुले मनोमानी बाँडेका हुन्
काठमाडौँ — २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।
त्रिविले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई भोगचलन गर्न दिएको २५ रोपनी जग्गामा निर्माणाधीन ट्यांकी । तस्बिर : मकर श्रेष्ठ/कान्तिपुर

