सिराहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाइट मार्फत स्वतः प्रकाशन सार्वजनिक गरेको छ । सूचनाका अभियन्ता परशुराम साहले स्वतः प्रकाशनसँग सम्बन्धित सूचना माग गरेपछि पालिकाले वेबसाइट मार्फत २०८० माघ, फागुन र चैत्र महिनाको स्वतः प्रकाशन सार्वजनिक गरेका हुन् ।