सिरहा, २८ असार। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ। नगरपालिकाले नायब सुब्बा र खरेदारको लागी लोक सेवा तयारी कक्षा सम्बन्धि चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको खुलेको हो।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा संचालन लगायतका अन्य कार्यक्रमहरुमा पनि चरम भ्रष्टार भएको स्थनियहरु बताउछन्।