By editor, 19 June, 2024

कहीँ कतै गलत हुँदै छ भन्ने लागेमा पूरा प्रमाण जुटाएर मात्र सूचना दिन सकिने व्यवस्थाले सूचना दिन प्रोत्साहन होइन, निरुत्साहित गर्छ

भ्रष्टाचार निवारण हरेक देशको टाउको दुखाइको विषय बनेको छ । नेपालको सन्दर्भमा भ्रष्टाचार सरुवा रोगका रूपमा समाजमा फैलिएको छ । हरेक तहका नेता, कर्मचारीदेखि नागरिक तहमा समेत भ्रष्टाचारको रोग फैलिइसकेको छ ।

By editor, 14 June, 2024

-रामप्रसाद दाहाल

काठमाडौँ । सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको संवैधानिक निकाय लोक सेवा आयोगले अब परीक्षामा सम्मिलित प्रतिस्पर्धीहरुलाई  अङ्कसहितको उत्तर पुस्तिका दिनै पर्ने अवस्था सिर्जना भएको छ ।

आयोगले लोकसेवालाई हालै दिएको एउटा आदेशले आन्तरिक र खुला प्रतिस्पर्धामा सहभागी परीक्षार्थीको लिखित परीक्षाको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि यसअघि लुकाए जस्तै गर्न नसक्ने बनाएको हो । यो आदेशसँगै लोकसेवा छटपटिएको छ । 

By editor, 26 May, 2024

In accordance with KMC's Communications and Information Act, 2080, the KMC asked the community and institutional schools to inform it after assigning information officers within two days. 

According to the Chief of KMC's Education Department, Govinda Prasad Sharma, KMC issued the directive again after only a few schools assigned the information officers. 

The information officer should be the person in second position of the organisation. The KMC has now 87 community schools and 600 institutional schools. 

By editor, 7 May, 2024

As Nepal ushered in multiparty system in early 1990s, it began to experiment various democratic tools aimed at enhancing the people’s participation in decision-making process and easy access to the services and goods provided by the government. Right to Information (RTI) is one such instrument that primarily seeks to ensure transparency and accountability of the government activities. People have the right to know what the elected representatives and civil servants are doing or what decisions they are making.

By editor, 30 April, 2024

सिराहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाइट मार्फत स्वतः प्रकाशन सार्वजनिक गरेको छ ।  सूचनाका अभियन्ता परशुराम साहले स्वतः प्रकाशनसँग सम्बन्धित सूचना माग गरेपछि पालिकाले वेबसाइट मार्फत २०८० माघ, फागुन र चैत्र महिनाको स्वतः प्रकाशन सार्वजनिक गरेका हुन् ।

By editor, 28 March, 2024

शेरबहादुर केसी, बुटवल

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले कोभिड महामारीमा गरेको खर्च विवरण उपलब्ध नगराएपछि कपिलवस्तु नगरपालिका—३ तौलिहवाका बसन्त बञ्जाडेले २६ जेठ, २०८० मा राष्ट्रिय सूचना आयोगमा उजुरी दिए । आयोगले नगरपालिकालाई सूचना उपलब्ध गराउन दुईपल्ट निर्देशन दिइसकेको छ । आयोगले पटक—पटक आदेश दिदा समेत सूचना नपाएपछि उनले २४ पुष, २०८० मा प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी र सूचना अधिकारी बृजेशकुमार चौधरीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गर्दै उजुरी दिएका छन् ।

By editor, 14 March, 2024

यदुनाथ बन्जारा

सुचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा जान नचाहने मध्य ३६ वटा सार्वजनिक निकायका प्रमुखलाइ राष्ट्रिय सुचना आयोगले कारबाही गरेको छ । ऐनको दफा २ मा परिभाषित गरेको सार्वजनिक निकायले सुचना मागकर्तालाइ सुचना नदिइएको कारण आयोगले कानुन बमोजिम कारबाही गर्न बाध्य भएको राष्ट्रिय सुचना आयोगका सुचना अधिकारी उपसचिव सुदर्शन ढकालले बताए ।

By editor, 21 February, 2024

The south Asian activists and campaigners of right to information (RTI) vowed to work together and called for broader collaboration to augment RTI regime.

A discussion Freedom Forum organized as part of the World Social Forum 2024 in Kathmandu on February 18  witnessed approximately 100 participants ranging from Information Commissioners, RTI activists, civil society representatives to general citizens, where the speakers underlined the need to cement south Asian networking to keep alive RTI movement and frustrate push back against RTI  in the region.

By editor, 16 January, 2024

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्थाका शाखा प्रशाखाहरु र विश्वविद्यायलयहरुलाई सूचनाको हक कार्यान्वयनका लागि देहाय विभिन्न आदेश जारी गरेको छ ।

आयोगले बागमती प्रदेश सरकार अन्तर्गतका कतिपय सार्वजनिक निकायहरुमा सूचना अधिकारी नतोकिएको, स्वतः प्रकाशन नभएको र सूचना माग गर्दा सूचना उपलब्ध नगराएको भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।