सिन्धुपाल्चोक । राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सञ्चारकर्मीले दिएको सही सूचनाले मुलुकमा सकारात्मक परिवर्तन आउने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाद्वारा आयोजित सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त ओलीले सही सूचनालाई राज्यले सही ढङ्गबाट सम्बोधन गर्ने र मुलुक परिवर्तनको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।