रमेश कुमार
नागरिकका प्रश्नप्रति जवाफदेहि र पारदर्शी बन्नुपर्ने दायित्व भुलेर सूचना लुकाउनतिरै उद्यत छन्, कर्मचारी–पदाधिकारी ।
सरकारले २०७५ सालमा किसानका लागि एउटा आकर्षक योजना ल्यायो– पाँच करोड रुपैयाँसम्मको ऋणमा पाँच प्रतिशत तथा १० करोडसम्मको ऋणमा दुई प्रतिशत ब्याज अनुदान दिने। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत कार्यान्वयन हुने भनिएको योजनाको लक्ष्य बताइएको थियो, व्यापारिक खेती विस्तार र बढीभन्दा बढी उत्पादन गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने।