- उज्जवल आचार्य -
गत भदौ २४ गते बेलुकी सोसल मिडियामा पशुपतिनाथ मन्दिरमा आगो लगाउने प्रयास भइरहेको सामग्री प्रवाह भयो । टिकटकमा केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरको मूलद्वारको बन्द चेन–गेटमा चढ्ने प्रयास गरिरहेको भिडियोसहित सामग्री आयो । अघिल्लो दिन जेन–जी युवाहरूको आन्दोलनमा सरकार हिंस्रक भएपछि त्यो दिन देशैभर प्रदर्शन र आगजनी भएका थिए । त्यो सामग्री फैलिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए, सुरक्षा संयन्त्रहरू निष्प्रभावी थिए र सेनाले सुरक्षाको जिम्मा लिइसकेको थिएन ।