रामचन्द्र भण्डारी
चैत १२, २०७५
काठमाडौं –भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको सचिवालयले दुईवटा गाडी प्रयोग गर्दै आएको पाइएको छ ।
मन्त्री अर्यालको सचिवालयमा रहेका बुद्धबहादुर थापा घर्तीको नाममा बा २ झ १४३२ र राजेश शर्माको नाममा बा १ झ ८७३४ नम्बरको गाडी प्रयोग हुँदै आएको मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
यस्तै बा २ झ १०८४ र बा २ झ ३३३५ नम्बरको गाडी मन्त्री अर्यालले प्रयोग गर्छिन् ।
सचिव, सहसचिव र उपसचिवलाई चार पांग्रे सवारी
मन्त्रालयका सचिव गोपीनाथ मैनाली बा १ झ ९१२६ नम्बरको गाडी चढ्छन् ।
सहसचिवहरू चन्द्रकला पौडेल, शंकरबहादुर थापा तथा जनकराज जोशीले पनि चार पांग्रे सवारी साधन प्रयोग गर्दै आएका छन् ।
उपसचिवहरू टेकप्रसाद लुइँटेल, गोपाल गिरी, ऋषिराम पंगेनी, दीपक खड्का, झविन्द्रराज पाण्डे, दिलकुमार खड्का, अनन्तकुमार बस्नेत, नारायण रेग्मी, विक्रम पाण्डे, पुण्यविक्रम पाण्डे, नवराज नेपाल, लीलानाथ दाहाल र कृष्णराज खनालले पनि गाडी प्रयोग गर्दै आएको देखिन्छ ।
गरीबसँग विश्वेश्वर कार्यक्रम संयोजक पृथ्वी शर्मा पौडेलले समेत मन्त्रालयले उपलब्ध गराएको गाडी प्रयोग गर्दै आएका छन् ।
पाँचवटा गाडी बिग्रिएर प्रयोगविहीन !
मन्त्रालयमा चार पांग्रे सवारीको संख्या २८ रहे पनि ५ वटा प्रयोग भएको देखिँदैन । त्यसमध्ये २ वटा मर्मतको क्रममा रहेको छ भने एउटा मर्मत गर्नुपर्ने देखिन्छ । अन्य दुई सवारी साधन बिग्रिएर कामै नलाग्ने भएकाले लिलाम गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा रहेका चार पांग्रे सवारीको विवरण :४० मध्ये ३८ मोटरसाइकल/स्कूटर प्रयोगमा
मन्त्रालयमा रहेका ४० वटा दुई पांग्रे सवारीमध्ये २ वटा बिग्रिएर गोदाममा थन्किएका छन्, अन्य ३८ वटा मोटरसाइकल/स्कूटर प्रयोग हुँदै आएको छ ।
मोटरसाइकल प्रयोग गर्नेमा शाखा अधिकृत मञ्जु थापादेखि पत्र वितरक राज रेग्मी तथा सीताराम घिमिरेसम्म छन् ।
कसले कति लिन्छन्, इन्धन ?
मन्त्रालयबाट इन्धन सुविधा लिनेमा मन्त्री (सर्वाधिक २०७ लिटर)देखि र दुईपांग्रे सवारी चालक (१० लिटर)सम्म छन् । यस्तै सचिवले १००, सहसचिवले ८० र उपसचिवले ७० लिटर इन्धन लिने गरेका छन् ।
स्रोत : लोकान्तर अनलाइन