फाल्गुन ३, २०७५
काठमाडौँ — महानगरपालिकाका कर्मचारीको विदेश भ्रमण बजेट ४ वर्षमा साढे तीन गुणाले वृद्धि भएको छ । चार आर्थिक वर्षमा कर्मचारीहरू ६१ पटक वैदेशिक भ्रमणमा पुगे । जसमा ३९ पटक विदेश भ्रमणको खर्च महानगरपालिकाले व्यहोरेको छ । कतिपय भ्रमणमा आफूखुसी जान्छन् । खर्च भने महानगरले नै व्यहोर्छ ।

