By editor, 5 February, 2019

राजेश मिश्र

माघ २२, २०७५

काठमाडौँ — सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ ।

By editor, 5 February, 2019

 नवराज मैनाली

२०७५ माघ २२ मंगलबार, काठमाडाैं

काठमाडौंको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर अनियमितता गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित समाज कल्याण परिषद्का तत्कालीन पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

By editor, 4 February, 2019

 

पदाधिकारीसँगै गएका सचिवालयका कर्मचारीको खर्च भने लुकाइयो 

मकर श्रेष्ठ

माघ १७, २०७५

काठमाडौँ — संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्षले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा भत्ता लिएका हुन् ।

By editor, 4 February, 2019

 सूचनाको हककैलाली जिल्लाका ३ वटा जैविक मार्गका १० वटा सामुदायिक वन उपभोक्ता समुहमा सन २०१५—२०१६ मा सामुदायिक वन विकास मार्ग दर्शन २०६५ र सूचनाको हकको प्रयोगको अभ्यास भएको थियो । 

एक वर्षको अवधिमा वन उपभोक्ता, पदाधिकारी र सरोकारवालालाई तालिम, अन्तरक्रिया लगायत विभिन्न गतिविधि सञ्चालन गरेर सूचनाको हकको व्यवाहरिक रुपमा प्रयोग गरेको छ । 

By editor, 4 February, 2019

Feb 4, 2019-

It’s 9:30 in the morning. A room in a newly built prefabricated building in Singha Durbar is reverberating with constant ringing of the phones.

“Hello, welcome to Hello Sarkar. How can I help you?” says Hema Adhikari, as she picks up one of the phones. But the caller hangs up. There is another phone ringing. Adhikari takes the call. “Please don’t ask me personal questions. This is a public platform to lodge complaints related to government agencies,” she responds before hanging up.

By editor, 3 February, 2019

मकर श्रेष्ठ


माघ २०, २०७५ काठमाडौँ — संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् ।