अजय अनुरागी
२ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा राज्यमन्त्रीको शपथ ग्रहण गरेर गृहजिल्ला रौतहटको मत्सरी जाने बेला १ सयभन्दा बढी जीप तथा कारसहितको र्याली (काफिला) निस्किएको थियो । त्यो क्षेत्रकी प्रभावशाली नेतृको रूपमा उनले शक्ति प्रदर्शन गरेकी थिइन् । भारतको साउथ फिल्ममा नेताहरूले आफ्नो ताकत तथा शक्ति प्रदर्शनका लागि दलबलसहित काफिला निकालेजस्तो हुबहु झाको पनि काफिला देखिएको थियो ।
