काठमाडौँ– क्षेत्रपाटी–ठमेल सडक। काठमाडौँ महानगरपालिका–१६ को यो सडकमा दिउँसो मात्र नभई रातमा पनि चहलपहल उस्तै हुन्छ। यही सडकको बायाँतिर खैरो रङको बन्दै गरेको अग्लो गेट छ। तर, वर्षौंदेखि यो ‘निर्माणाधीन’ हालतमै छ।
गेटभित्र पसेपछि थप उराठलाग्दो दृश्य देखापर्छ। त्यहाँ एउटा भवन छ, जसलाई वरिपरिबाट ठूला व्यापारिक भवन (कम्प्लेक्स)ले छेकेका छन्। लाग्छ, कम्प्लेक्सहरूबीचको यो पनि व्यापारिक भवन नै होला। यो जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) भवन हो।