Flash Flood का बेला रिपोर्टिङ : सुरक्षा सम्बन्धी महत्वपुर्ण सुझाव

By editor, 1 September, 2026

नेपाल-तिब्बतसीमा क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र आसपासका जिल्लामा सयौँ मानिसको मृत्यु भएको छ भने सयौँ अझै बेपत्ता छन्।

यस विपदबाटप्रभावित सबैप्रति, साथै घटनास्थलबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरूप्रति हाम्रो सहानुभूति छ।

यदि तपाईं फ्ल्यास फ्लड प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्दै हुनुहुन्छ भने, कृपया आफ्नो सुरक्षा सुनिश्चित गर्न र जोखिम कम गर्न आवश्यक सावधानी अपनाउनुहोस्।

यसै सन्दर्भमा Committee to Protect Journalists (CPJ) र Freedom Forum Nepal (FF) ले सहकार्यमा फ्ल्यास फ्लडको रिपोर्टिङसम्बन्धी सुरक्षा सुझाव समेटिएको संक्षिप्त गाइड ल्याएको छ ।

यस गाइडमा स्थानीय सन्दर्भ समेटेर नेपालीमा अनुवाद गरिएको छ ।

जोखिमका बारेमा बुझ्नुहोस् 

  • हिमताल विस्फोटका कारण आउने बाढी नेपालजस्ता हिमाली तथा हिमनदीबाट पानी आपूर्ति हुने क्षेत्रमा बढ्दो चिन्ताको विषय हो। पग्लदैं गएका हिमनदीले अस्थाइ तालहरू बनाउँछन्, जुन कुनै पनि बेला फुट्न सक्छन्। 
  • यस्तो अवस्थामा Flash flood कुनै पूर्वसूचना बिना आउन सक्छ र यस्तो बेलामा पानी सँगै माटो, गेग्रान आदी अत्यन्त तीव्र गतिमा तथा निकै शक्तिशाली बहावका साथ बग्न सक्छ, जुन विनाशकारी हुन्छ ।

फ्ल्यास फ्लड प्रभावित क्षेत्रबाट रिपोर्टिङ गर्दा तपाईंले ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू :-

  1. आफुलाई आवश्यक पर्ने सम्पुर्ण सामग्री साथमा राख्नुहोस्
  • यस्तो बेलामा नजिकै कुनै बैंक तथा एटीएम पनि नपाइने भएकाले, आपत्कालीन अवस्थाका लागि पर्याप्त नगद साथमा राख्नुहोस्।
  • कम्तीमा एक दिनका लागि पुग्ने ४ लिटर पानी साथमा राख्नुहोस्।
  • मास्क, ह्यान्ड स्यानिटाइजर र पञ्जाजस्ता आधारभूत सरसफाइ सामग्री साथमा राख्नुहोस्।
  • रिपोर्टिङका उपकरण तथा अत्यावश्यक सामग्रीलाई वाटरप्रुफ झोलामा राख्नुहोस्।
  1. सम्पर्कमा रहनुहोस्
  • नियमित सञ्चारको लागि वैकल्पिक व्यवस्था साथमा राख्नुहोस् जस्तै- पावर बैंक, एकभन्दा बढी सिम कार्ड र सामान्य किप्याड फोन।
  • स्थानीय विद्ुधत तथा दूरसञ्चार नेटवर्क अवरुद्ध हुन सक्छन्। नेटवर्क नभएका वा इन्टरनेट नचल्ने क्षेत्रमा रिपोर्टिङ गर्दा थप सतर्क रहनुहोस्।
  • सम्भव भएमा स्याटेलाइट फोन वा स्याटेलाइट इन्टरनेट उपकरणको व्यवस्था गर्नु उचित हुन्छ।
  1. यदि अवस्था थप जटिल भएमा 
  • तपाईंको गाडी बाढीले हिलो भएको क्षेत्रमा फसेमा तुरुन्तै गाडीबाट बाहिर निस्कनुहोस्, अग्लो स्थानमा जानुहोस् र सबैभन्दा पहिले आफ्नो उद्धार गर्नुहोस्।
  • रिपोर्टिङका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।
  • सम्भव भएसम्म, उच्च जोखिम भएको क्षेत्रमा प्रवेश गर्नुअघि स्थानीय आपत्कालीन उद्धार टिम तथा स्थानिय अधिकारीहरूलाई जानकारी दिनुहोस्।
  • आपत्कालीन उद्धारकर्मीहरू पुग्नुअघि नै तपाईंले बाढीका पीडितहरू फेला पार्न सक्नुहुन्छ। यस्तो अवस्थामा अधिकारीहरूलाई कसरी जानकारी गराउने र परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना पहिले नै बनाउनुहोस्।
  1. जिम्मेवारीपूर्वक रिपोर्टिङ्ग गर्नुहोस्
  • पत्रकारिताको आचारसंहिता पालना गर्नुहोस् र बाढीका कारण भएका मृत्यु तथा क्षतिको रिपोर्टिङ गर्दा संवेदनशीलता अपनाउनुहोस्।
  • अत्यन्त आवश्यकभन्दा अरु समयमा उच्च जोखिमयुक्त क्षेत्रमा नबस्नुहोस्।
  • रिपोर्टिङका क्रममा पर्याप्त पानी पिउनुहोस् र खाना खानुहोस् । 

स्रोत : https://freedomforum.org.np/download/flash-flood-ka-bl-raparatana-sarakashha-samabnathha-mahatavaparanae-sajhava/file