By editor, 3 April, 2023

सुमन पुरी

विराटनगर । कोशी प्रदेश सभाका ७ जना बाहेक सबै प्रदेशसभा सदस्य घर भाडामा लोभिएका छन् । विराटनगर मै घर भएर पनि प्रदेशसभाले दिने मासिक १९ हजार रुपैयाँमा लोभिएर प्रदेश सभा सदस्यहरूले घर भाडा बुझेका छन् ।

यसरी विराटनगरमै घर भएर पनि घर भाडा बुझ्ने प्रदेश सभा सदस्य हुन् भीम पराजुली । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले मासिक १९ हजारका दरले घर भाडा बुझेको देखिएको छ ।

By editor, 3 April, 2023

फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वत: प्रकाशन गर्न सिरहाका सिडियोले निर्देशन जारी गरेका छन । सिरहा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकवाट निर्णय गराइ सिरहाका सिडियो भोजराज खतिवडाले त्यस्तो निर्देशन जारी गरेका हुन् ।

By editor, 26 March, 2023

आदित्य दाहाल

सूचनाको हक नागरिकको जन्मसिद्ध मौलिक हक हो । नेपालको संविधानद्वारा प्रत्याभूत मौलिक हकमध्ये यो प्रमुख नागरिक हक हो । सूचनाको हकलाई नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको छ । सूचनाको हकको प्रयोगबाट नागरिकले सार्वजनिक निकायमा रहेको आफूसँग सम्बन्धित व्यक्तिगत तथा सार्वजनिक महìवका सूचना प्राप्त गर्न सक्छन् । पारदर्शिताको कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रमुख माध्यम सूचनाको हकको कार्यान्वयन पनि हो । 

By editor, 22 March, 2023

-प्रेमचन्द्र झा

रौतहटको वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै रिले अनसन शुरु गरेका छन । 

By editor, 17 March, 2023

रामशरण नेपाली    

सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होडबाजी चलिरहेको छ। जोसँग धेरै सूचना हुन्छ त्यो नै शक्तिशाली मानिन्छ।

सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्न सकिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग गर्न पाउने हकको व्यवस्था गरेको छ।

सूचनाको हक के हो?

By editor, 10 March, 2023

राजविराज – राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ ।

आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सप्तकोसी नगरपालिका–११ निवासी कैलाश माझीले लिखित सूचना माग गर्दा सूचना उपलब्ध नगराएको र आयोगले सो बारे लिखित जवाफ माग गरेको थियो ।

सूचना उपलब्ध गराउन आयोगबाट आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको भन्दै आयोगले कारबाही गरेको आयोगले जनाएको छ ।

By editor, 28 February, 2023

सिरहा / सुचनाको हक प्रयोगले सुशासन र पारर्दशितामा कडी लगाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन सूचनाको हकका अभियान्ता पशुराम शाह। सिराहामा अभियान्ता शाहले बैक भौचरको प्रतिलिपी माग गरेपछि शिक्षा बिकास तथा समन्वय इकाइ, सिरहाले ,एस.इ.इ. परीक्षाका लागी प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल गरेको १ लाख ५२ हजार ९ सय ६० रुपैया खातामा जम्मा गरेको रहस्य खुलेको छ ।

By editor, 28 February, 2023

कर्णालीमा छैन सूचनामा सहज पहुँच 

जितेन्द्र थापा/सुर्खेत

सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न व्यस्त थिए दैलेखका बलबहादुर थापा । दैलेखको ठाटीकाँध गाउँपालिका– २ का थापा उमेरले ६२ वर्ष पुगे । उनको सारथी हो रेडियो । उनको नेपालसहित विश्वभरको सूचना प्राप्त गर्ने मोह यो उमेरमा पनि घटेको छैन, झनै बढेको छ । गोठालो जादा हातमा लौरो र काधमा रेडियो उनको अनिवार्य नै बनको छ । कसैको रत्यौलीमा पुग्दा समेत उनको काधमा झुण्डाइएको रेडियो घन्किरहेको हुन्छ ।

By editor, 14 February, 2023

यदुनाथ बन्जारा

जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, भड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौं । यस पटक देवघाटतनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ पालिका ।

गाउपालिकाको एक रिपोर्ट :

यस गाउँपालिका

By editor, 12 February, 2023

आज सेप्टेम्बर २८ अर्थात ‘युनिर्भसल एक्सिस टु इन्फरमेसन डे’, सूचनाको हकको अन्तराष्ट्रिय दिवस हो । यसलाई आज हामी मनाउँदै छौं । यस सन्दर्भमा यो अन्तराष्ट्रिय दिवसको संस्थापना गर्ने फोयानेटको सदस्यका रुपमा फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल यस दिवसको बारेमा बताउँदै हुनुहुन्छ । साथै, नेपालमा पनि सूचनाको हकको अवस्था र चुनौतिहरु के छन् भन्ने विषयमा फ्रिडम फोरमका आदित्य दाहाल र सुरज रायको छलफल पनि सुनौँ: