News

By editor, 24 March, 2019

 

aaaरामचन्द्र भण्डारी / नारायण अर्याल

चैत १०, २०७५

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी सडक विभागको बा २ झ १७०४ नम्बरको गाडी चढ्छन् । २०७२ सालमा खरिद गरिएको उक्त गाडीको मूल्य १ करोड ७ लाख १९ हजार ६३३ रुपैयाँ छ ।

By editor, 24 March, 2019

 

 आइतवार, चैत्र १०, २०७५

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत काम थालेको ९ महिनामा विभागले २२६ विरुद्ध राजस्व चुहावटका मुद्दा चलाएर सुशासन प्रवद्र्धनको अभियानमा जुटेको छ ।

By editor, 23 March, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ३, २०७५

काठमाडौं – सरकारी गाडीको दुरुपयोग हुने गरेको विषय नेपालमा पटक–पटक चर्चामा आउने गरेको छ । जनताले तिरेको करबाट किनिएका सरकारी सवारीको दुरुपयोग रोक्न विभिन्न निकायले समय समयमा निर्देशन पनि दिने गरेका छन् । 

आजदेखि हामीले विभिन्न सरकारी कार्यालयमा प्रयोग भएका सवारी साधनको अवस्था, खरिद मूल्य तथा इन्धन प्रयोगको अवस्थाबारे पाठकसमक्ष जानकारी प्रस्तुत गर्ने सिलसिला शुरू गरेका छौं ।

By editor, 23 March, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ५, २०७५

काठमाडौं –महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले आफ्नो प्रयोजनका लागि ३ वटा गाडी प्रयोग गर्दै आएको पाइएको छ । त्यसमध्ये एउटा गाडी उनको सचिवालयले प्रयोग गर्छ, बाँकी दुई गाडी उनी आफैं चढ्छिन् ।

By editor, 23 March, 2019

रामचन्द्र भण्डारी / नारायण अर्याल

चैत ७, २०७५

काठमाडौं –शहरी विकास मन्त्रालयमा सरकारी सवारीसाधनको निकै दुरुपयोग भइरहेको पाइएको छ ।

मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो सचिवालयको प्रयोजनका लागि भनेर नै ३ वटा गाडी र एउटा स्कूटर लिएका छन्, जसमा उनी स्वयंले चढ्ने बा २ झ ३८४२ नम्बरको गाडी तथा उनका सवारी चालक र पीएसओले चढ्ने मोटरसाइकल समावेश छैन ।

By editor, 10 March, 2019

मुलुकको संघीय ढाँचा अनुकुल हुनेगरी तथा नेपालको संविधानको धारा ३०४ को सन्दर्भमा प्रचलित नेपाल ऐनलाई संशोधन गर्ने क्रममा सूचनाको हक सम्बन्धी ऐन, २०६४ संशोधन भएको छ । नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधनगर्न बनेको विधेयकले सूचनाको हक सम्बन्धी ऐन संशोधन गरेको हो।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा संशोधन भई निम्न उल्लेखित दफा÷उपदफाहरु थप भएका छन्ः 
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को 
(१) दफा २ को खण्ड (क) को,–
(क) उपखण्ड(३) पछि देहायका (३क) र (३ख) थपिएका छा्ः–
‘‘(३क) प्रदेश सरकारका कार्यालय वा प्रदेश सरकारद्धारा गठित निकाय,

By editor, 5 March, 2019

 

कमल कोइराला

 २१ फागुन २०७५

किन अचानक कुनै नाम धेरै चर्चित हुन पुग्छ ? पशुपति शर्माको कुनै गीत पहिले पनि लोकप्रिय रहेछ । ‘मलाई अमेरिका नि यै, मलाई जापान पनि यै’ बोलेको गीत कहिलेकाहीं सुने पनि गायकको नामसँग परिचित थिइनँ । तर अहिले पशुपति शर्माको धेरै ठूलो चर्चा छायो ।