काठमाडौं – आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन्।
सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ।