आन्तरिक राजश्व कार्यालयले सूचना नदिएकै कारण हरिराम कोण्डा बने सूचना अभियन्ता

By editor, 12 May, 2025

आफुले तिर्नु पर्ने कर कति छ ? सूचना मागेका हरिराम कोण्डालाइ आन्तरिक राजश्व कार्यालय भक्तपुरले सूचना नदिएकै कारण हरिराम कोण्डा बने सूचना अभियन्ता ।

तिन वर्ष अघि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा करचुक्ता लिन आफुले तिर्नु पर्ने कर कति छ, त्यसको विवरण पाउँ भनि सूचना मागेका थिए । पटक पटक सूचना माग्दा पनि आफुले तिर्नु पर्ने कर रकमको विवरण नपाएपछि सरकारी कारवाहीमा परिने र विलम्भ रकम तिर्नु पर्छकि भनेर सूचना माग्ने प्रकृयामा जाँदा जाँदै पुनरावेदन गर्न राष्ट्रिय सूचना आयोग पुगेका थिए ।

राष्ट्रिय सूचना आयोगले आदेश गर्दा पनि सूचना नदिएको आन्तरिक राजश्व कार्यालय भक्तपुरका कारण सूचना अभियन्ता बनेका हरिराम कोण्डाले यो ३ वर्षको अवधिमा आन्तरिक राजश्व कार्यालय भक्तपुरमा मात्र ६० वटा सूचना मागे आन्तरिक राजश्व कार्यालय तर एउटा पनि सूचना पाउन सकेका छैन ।

आन्तरिक राजश्व कार्यालय भक्तपुरमा मागेका ६० वटा सूचना मध्ये ३२ वटामा राष्ट्रिय सूचना आयोगले दिनु भनेर आदेश दिएको छ, २५ वटा राष्ट्रिय सूचा आयोगकले विचाराधिनमा राखेको छ  तर पनि अहिलेसम्म एउटा सूचना पाएका छैनन् ।

हरिराम कोण्डा पेसाले इन्जिनीयर हुन । उनीले आन्तरिक राजश्व कार्यालय भक्तपुर र अन्य सार्बजनिक कार्यालय गरी अहिले करिव २ सय सूचना माग्दा मागि सकेका छन भने अहिले उनी सूचना अभियन्ताको भूमिकामा रहेका छन ।

उनको यही कार्यका लागि राष्ट्रिय सूचना आयोगले उनलार्इ बिनय कसेजु उत्कृष्ठ अभियन्ता पुरस्कार प्रदान गरेको छ ।

कतिपय अभियन्ताहरूले राष्ट्रिय सूचना आयोगले प्रदान गर्ने यो बिनय कसेजु उत्कृष्ठ अभियन्ता पुरस्कार सूचना माग्ने र मागेर प्राप्त गरेको सूचनाबाट धेरैलार्इ फाइदा पुर्याउन सफल भएकाहरू र हरिराम कोण्डा जस्तालार्इ दिन सके उपलब्धिमूलक हुने बताएका छन ।

स्रोत : नेपाल सन्दर्भ डट कम 
प्रकाशित मिति : २०८२ /१/ २६