By editor, 5 February, 2020

सूचनाको हकको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हो । सूचनाको हक संविधानको धारा २७ मा उल्लेखित मौलिक हक हो । अर्थात, राज्यले प्रत्येक नागरिकलाई परिपूर्ति गरिदिनुपर्ने विषय हो । सूचनाको हक छदैंछ, खोजे पाइन्छ भनेर हुदँैन । राज्यका हरेक निकायले जनतालाई थाहा दिने, जानकारी दिने, सूचना स्वतः सार्वजनिक गर्ने प्रवृत्तिलाई आत्मसाथ गरी पारदर्शि व्यवहार प्रर्दशन गरे मात्र जनताले स्वतः सूचना पाएर जान्ने अवस्था सिर्जना हुन्छ । सूचनाको हक सम्बन्धि ऐन अनुसार प्रत्येक सार्वजनिक निकायले कम्तिमा २० प्रकारका जानकारीहरु प्रत्येक तीन÷तीन महिनामा अध्यावधिक गरी विभिन्न माध्यमहरुबाट सार्वजनिक गर्न

By editor, 3 February, 2020

खुला, पारदर्शि, जवाफदेही र उत्तरदायी सरकार सिर्जना गर्न नागरिकहरु सुसूचित, सकृय र जागरुक हुनुपर्दछ । सुसूचित नागरिकले मात्र जागरुक भूमिका खेल्न सक्छन् । सार्वजनिक मामिलामा सहभागिता जनाउन र सार्वजनिक सेवा प्रवाहबाट गुणस्तरीय सेवा प्राप्त गर्न पनि नागरिक सुसूचित र सकृय भएर निगरानीकर्ता बन्न आवश्यक हुन्छ । यसैको लागि नै सूचनाको हकलाई आधुनिक लोकतन्त्रमा आम मानिसको मौलिक हकका रुपमा स्थापित गरिएको हो ।

By editor, 2 February, 2020

स्थानीय सरकारलाई पारदर्शि, जवाफदेही र उत्तरदायी बनाउन देशका १२ वटा पालिकामा सुशासन अभियान सञ्चालनमा छ । सो अभियान अन्तर्गत यो वर्ष सूचनाको हकको कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन प्रयास गरिएको छ । स्थानीय तहमा सूचनाको हक सम्बन्धि अभियानबाट स्थानीय सरकारमा परिर्वतन ल्याउन गरिएको सो प्रयासमा संलग्न स्थानीय साझेदार संस्थाहरुका जिल्ला संयोजकहरुलाई आजको पडकाष्टमा समेटेका छौं । देशका विभिन्न ६ जिल्लाका १२ वटा पालिकामा यो अभियान कसरी सञ्चालन गरियो ?

By editor, 26 January, 2020

समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको सक्रियता कमजोर

जितेन्द्र साह

माघ १२, २०७६

 

(विराटनगर) — ‘सूचनाको हक ऐनबारे सर्वसाधारण अझै अनभिज्ञ छन्,’ विराटनगर–१ का सामाजिक कार्यकर्ता ४७ वर्षीय वकिल कार्की भन्छन्, ‘थाहा नै नभएपछि कसरी सूचना माग्छन् वा ऐनको प्रयोग गर्छन् ?’ 

By editor, 26 January, 2020

दमन राई

आइतबार, १२ माघ २०७६, 

खोटाङ - गत पुस २४ गते कांग्रेसको छायाँ सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विगत ३ वर्षयताको विकास निर्माण तथा योजना आम्दानी र खर्च माग ग-यो। तर, आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को शीर्षक र खर्चको विवरण माग गर्दा हालसम्म उपलब्ध नगराइएको छायाँ सरकारप्रमुख तीर्थराज भट्टराईले बताएका छन्।undefined

By editor, 21 January, 2020
नारायण अर्याल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति पत्र व्यवस्थापन शाखामा कार्यरत उपसचिव गिरमान थापाले असोजको दोस्रो साता ७ दिनको भ्रमण भत्ता मन्त्रालयबाट बुझे ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार थापाले गत असोजको ७ गतेबाट १३ गतेसम्म कार्यालय कामको सिलसिलामा लमजुङ भ्रमण गरेको उल्लेख छ ।

लोकान्तरसँगको कुराकानीमा थापाले आफू विद्यालय अनुगमनका लागि लमजुङ पुगेको बताए । लमजुङको राइनास नगरपालिकास्थित भैरव मावि र सौभाग्योदय नमूना माविको अनुगमन भ्रमण गरेको उनको भनाइ थियो ।

By editor, 14 January, 2020

करिब तीन हजार सेवाग्राहीबीच गरिएको सर्वेक्षणमा ५५ प्रतिशतले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको बताएका छन् भने १५ प्रतिशतले त्यस्तो भ्रष्टाचार भोगेको प्रतिक्रिया दिएका छन्

कृष्ण ज्ञवाली

पुस २८, २०७६

काठमाडौँ — देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको एक सर्वेक्षणले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशव्यापी रूपमा गरेको सर्वेक्षणबाट भ्रष्टाचारको आयतन अझै फराकिलो भएको खुलेको हो । सहभागीमध्ये ५५ प्रतिशतले नगदमा भ्रष्टाचार हुने गरेको प्रतिक्रिया दिएका छन् ।

 

By editor, 14 January, 2020
अजय अनुरागी

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ की सकुन्तला देवी यादवले गत आर्थिक वर्ष २०७५/०७६ मा सिँचाइका लागि स्यालो ट्युबवेल जडान गर्न नेपाल सरकारबाट १ लाख ४२ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त गरिन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत आवको असार महिनामा उनले उक्त अनुदान रकम लिएकी थिइन् ।

श्रवण कृषक समूहअन्तर्गत विभिन्न किसानको २० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने भनेर उनलाई उक्त अनुदान रकम उपलब्ध गराइएको थियो ।

By editor, 30 December, 2019

लोकान्तर डटकम अनलाइन पत्रिका यतिवेला खोजमूलक पत्रकारिताको अभ्यासद्धारा भ्रष्टाचार, बेथिति, अनियमितता जस्ता विसंगतिको खुलासा गर्ने मिसनमा जुटेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६४ ले नागरिकलाई सूचना खोज्न र प्राप्त गर्न दिएको अधिकार प्रयोग गरी सो अनलाइनले ५० भन्दा बढि खोलमूलक समाचार प्रकाशन गरेको छ ।