अजय अनुरागी
धनुषाको औरही गाउँपालिका वडा नम्बर १ की सकुन्तला देवी यादवले गत आर्थिक वर्ष २०७५/०७६ मा सिँचाइका लागि स्यालो ट्युबवेल जडान गर्न नेपाल सरकारबाट १ लाख ४२ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त गरिन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत आवको असार महिनामा उनले उक्त अनुदान रकम लिएकी थिइन् ।
श्रवण कृषक समूहअन्तर्गत विभिन्न किसानको २० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने भनेर उनलाई उक्त अनुदान रकम उपलब्ध गराइएको थियो ।