महिला समुहलाई सूचनाको हक र आरटिआई एप बारे प्रशिक्षण

By editor, 26 July, 2020

काठमाडौं ३२ जेठ । फ्रिडम फोरमको सहकार्यमा काठमाडौं जोरपाटीका महिला समुहलाई सूचनाको हक र आरटिआई एप बारे प्रशिक्षण दिएको हो ।

हामी गर्छौं नामको महिला समुह, शिक्षिका, गृहणी गरी २० जनालाई प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ भन्ने विषयमा फ्रिडम फोरमको तर्फबाट नारायण घिमिरेले जानकारी गराउनुभएको थियो ।

जुम मार्फत संचालन गरिएको उक्त कार्यक्रममा फ्रिडम फोरमकी नायुमैँया खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा खड्काले यसको व्यवहारीक र सैद्धान्तिक विषयको जानकारी दिदैँ उदाहरणसिहत प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई एपबाटै हेर्न र बुझ्न सकिने खड्काले बताउनुभएको थियो ।

उक्त कार्यक्रममा फ्रिडम फोरमको स्थनीय संयोजक सोभा दाहालले सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने बताउनुभयो ।

सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभएको थियो । –––