सूचना नै शक्ति हो । आजको विश्वमा सूचनाका क्षेत्रको विकासले विश्व एउटा गाउँजस्तै भएको छ । सूचना र सञ्चारको यो युगमा सूचनाले नै क्षणभरमै विश्वमा उथलपुथल ल्याइदिन सक्छ । त्यसैले सूचनाको महìवपूर्ण स्थान छ ।
लोकतन्त्रको मुख्य लक्ष्य नै कानुनको शासन सुनिश्चित गर्नु हो । सबै मानिस कानुनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानुन अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानुनको शासन हुनु हो । सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ । सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन् । त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ । यी दुई पक्षबीच अत्यन्त अन्तरसम्बन्ध छ । सूचनाको हक नभई हामी कानुनी शासनको कल्पनासम्म गर्न सक्दैनौं । यसै विषयमा वहस संचालन गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता विष्णु लुईटे
बिर्तामोड, कात्तिक २८ । वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सूचनाको हक सम्वन्धि एक दिवसीय प्रशिक्षण सम्पन्न भएको छ ।
विपन्न परिवारको जिविकोर्पाजनका लागि प्रत्येक सामुदायिक वनले आम्दानीको २५ प्रतिशत रकम छुट्याउनुपर्ने अनिवार्य प्रावधान भएपनि उपयोग गर्न नपाएका परिवारले सूचनाको हक प्रयोग गरेर जिविकोपार्जन गर्न सफल भएका छन् ।
कैलाली जिल्लाको थपालीपुरका रुपेश केसीले चेतना सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक वर्ष २०७३।०७४मा विपन्न परिवारको जिविकोर्पाजनका लागि कति रकम छुट्याएको छ ? त्यसबाट कति परिवार लाभान्वित भएका छन ? त्यसको विवरण प्रमाणित प्रतिलिपी माग गरेका थिए ।
सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकार हो । सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रुपमा लिएकोे छ ।
जनताले समाज व्यवस्था, राज्य र विश्व व्यवस्थाको विषयमा थाहा पाएपछि मात्रै मानिसले आफ्नो भूमिका सशक्त रुपमा निर्वाह गर्न सक्दछ भनेर नै यो हकलाई नैसर्गिक हकका रुपमा मानिएको हो ।
नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो ।
सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ ।
सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प्रकाश पार्ने जानकारी मूलक समाग्रीसहित सूचनको हकलाई प्रवद्धन गर्न गरिएका विभिन्न रचनात्मक गतिविधिहरु सुनौं यस पडकाष्टमा :
धनुषा, २७ असोज । सूचना माग्न गएका एक सर्वसाधारणलाई जनकपुरधाम उपमहानगरपालिका वडाध्यक्षले मेयरकै अगाडि कुटपिट गरेका छन् ।
प्राप्त जानकारी अनुसार गत असोज १३ गते विकास निर्माण सम्बन्धी सूचना माग्न गएका उपमहानगरपालिका– १८ का रामबाबु मण्डललाई मेयर लालकिशोर साहकै अगाडि सोही वडाका मेयर रामाशंकर पासवानले कुटपिट गरेका हुन् ।