भदौ ५, २०७७ काठमाडौं :
एकजना विद्यार्थी आशिष पौडेलले त्रिभुवन विश्वविद्यालय(त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थान (डीन) को कार्यालयले अभियुक्त जोगाउन उत्तर पुस्तिका जलाएको आरोप लगाएका छन्।
उनले अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै कारबाही मागसहित राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका छन्।
