दिउँसो पक्राउ परेका ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू रिहा भएका छन्।
अभियन्ताहरु पुकार बम, प्रमेश श्रेष्ठ, समुन्द्र केसी, पवन मल्ल र सुजन थापा दिउँसो सिंहदरवार दक्षिण गेटबाट पक्राउ परेका थिए।
उनीहरुलाई साँझ छाडिएको हो। रिहाईपछि अभियन्ता पुकार बमले सडकबाट उठाएर सडकमै ल्याएर सरकारले छोडेको भन्दै आक्रोश व्यक्त गरे।
ती अभियन्ताको मागप्रति ऐक्वबद्धता जनाएको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले पक्राउप्रति भत्सर्ना गरेका छन्।