दुलेगौंडामा सूचनाको हक र आरटिआई एपको अभिमुखिकरण

By editor, 26 July, 2020

 

    काठमाडौं, ३० असार । फ्रिडम फोरमको सहकार्यमा तनहुँ जिल्लाको दुलेगौंडामा शिक्षक÷शिक्षिकाहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

    जिल्लाका निजी र सामुदायिक विद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षक÷शिक्षिका गरी २७ जनालाई अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो । 

    सूचनाको हक सम्बन्धि ऐन, नियमावली लगायतको विषयमा र उक्त ऐन नियमावलीको प्रयोगका लागी फ्रिडम फोरमले प्रयोगमा ल्याएको आरटिआई एपको को बारेमा सहभागीलाई सैद्धान्तिक तथा एपको अभ्यासद्धारा अभिमुखिकरण गराएको थियो । 

    फ्रिडम फोरमका गण्डकी प्रदेश प्रतिनिधी राजन उपाध्यायसहितको उपस्थितिमा सूचनको हकको उदेश्य यसको प्रयोगको बारेमा कार्यक्रम संयोजक नारायण घिमिरेले प्रष्ट्याउनु भएको थियो  । साथै, सहभागीको जिज्ञासा र सूचनाको हकसम्बन्धि आफ्नो अनुभव पत्रकार महानसंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको थियो ।