सूचना माग्दा कार्यपालिका सदस्यलाई गाली

By editor, 1 February, 2021

भेरीगंगा नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकमा अनुपस्थित भएकी रमना परियारले कार्यपालिकाबाट पारित निर्णयको प्रतिलिपि माग गरिन्।आफू सहभागी नहुँदा भएका निर्णयको जानकारी लिन र जनतासम्म पु¥याउन माग गर्दा उनले निर्णय पाउन सकिनन्।अर्की कार्यपालिका सदस्य प्रतीक्षा परियारले बैठक पुस्तिकामा हस्ताक्षर मात्र गरिन् तर उक्त बैठकमा के कस्ता निर्णय भए जानकारी पाउनबाट वञ्चित भइन्।निर्णय नभएको बैठक पुस्तिकामा हस्ताक्षर गराउँदा प्रतीक्षाले निर्णयको प्रतिलिपि मागिन् तर विडम्बना निर्णय माग्न गएकी प्रतीक्षा र रमनालाई प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जातीय अपशब्द प्रयोग गर्दै हकारे ।

‘म बैठकमा सहभागी नहुँदा बैठकमा के कस्ता निर्णय भए भनेर जान्न खोजेकी थिएँ,’ रमनाले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हकारेर पठाउनुभयो ।’ उक्त बैठकका निर्णय जनताले आफूसँग सोध्ने गरेको भन्दै उनले थपिन्, ‘आफूले जानकारी लिन र जनतासम्म पु¥याउन उक्त निर्णय माग गरेकी हुँ ।’ साउनयता कार्यपालिका बैठकले गरेका निर्णय माग्ने क्रममा आफूहरूमाथि प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जातीय विभेद हुनेखालका अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको कार्यकालिका सदस्य विकले आरोप लगाइन्।‘माघ १२ गते दिउँसो उहाँ (प्रमुख प्रशासकीय अधिकृत) को कार्यकक्षमा चालु आवको साउनयता कार्यपालिका बैठकले गरेका निर्णय माग्न गएका थियौं,’ उनले भनिन्, ‘तिमीहरू सूचना माग्ने को हौं ? भन्दै जातीय विभेद हुने गाली गर्नुभयो ।’

कार्यपालिका सदस्य परियारले आफूहरूले गरेका निर्णय माग्दा प्रशासकीय अधिकृतबाट भएको दुव्र्यवहारका विषयमा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताइन्।‘सूचना माग्न गएका हामी दुवैजना कार्यपालिका सदस्य हौं,’ उनले भनिन्, ‘आफैंले गरेका निर्णय माग्दा प्रमुख प्रशासकीय अधिकृतबाट भोग्नुपरेको दुव्र्यवहारबारे मेयरलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन् ।’

कार्यपालिका बैठकको उपस्थिति हाजिरीमा आफूहरूको नाम र हस्ताक्षर हुने गरे पनि निर्णयबारे जानकारी नहुने गरेको कार्यपालिका सदस्य परियारले जानकारी दिइन्।‘हामी उपस्थितिमा हस्ताक्षर गर्छौं, निर्णयपछि कम्प्युटर प्रिन्ट गरेर टाँसिन्छ,’ उनले भनिन्, ‘आफैंले गरेका निर्णय माग्दा प्रमुख प्रशासकीयबाट दुव्र्यवहार र जातीय विभेद भोग्नु प¥यो ।’ निर्णय माग्दा सूचना नदिएपछि आफूहरूले सूचनाको हक प्रयोग गरेर कार्यपालिका बैठकका निर्णय माग गरेको उनले जानकारी दिइन्।

भदौयता बसेका बैठकमा आफूहरू सहभागी भए पनि निर्णयबारे अनविज्ञ भएको उनीहरूको भनाइ छ।‘बैठकमा त हामी बस्छौं,’ प्रतीक्षाले भनिन्, ‘तर निर्णय नभएको बैठक पुस्तिकामा हस्ताक्षर गराएर पछि निर्णय लेख्ने गरिएको छ ।’ भदौयता करिब आठवटा बैठक बसे पनि आफू ती बैठकका निर्णय पाउनबाट वञ्चित भएको प्रतीक्षाले जनाइन् ।

 

स्रोत: नागरिक दैनिक