डोल्पा : डोल्पाको एक स्थानीय तहले सुचनाको हक कार्यन्वयनमा असहयोग गरेको गुनासो गरिएको छ। यहाँको ठूलीभेरी नगरपालिकाले संविधानप्रद्धत अधिकारमा पर्ने सूचनाको हक कार्यान्वयनमा समेत असयोग गरेको भन्दै सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गर्दै गुनासो पोखिएको हो।
तीन वर्षयताको नगरसभाबाट पारित विकास बजेट, कर्मचारी खर्च विवरण लगायतका सम्पुर्ण कार्यक्रमहरुबारे सूचनाको हक प्रयोग गरेर जानकारी लिन खोज्दा सूचना नदिएको स्थानीय युवा प्रेमबहादुर बोहोराले जानकारी दिए।