काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं २ को जनकपुरमा पत्रकार, सूचनाको हकका अभियन्ता, युवा विद्यार्थीरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।
३५ जना भन्दा बढी सहभागीलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमका महासचवि धर्मेन्द्र झाm् जानकारी गराउनुभएको थियो ।