काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धि विश्वभरका नियकाहरुको संस्था ‘इन्टरनेशनल कन्फेरेन्स अफ इन्र्फमेसन कमिस्नर’ (आइसीआइसीको) ध्यानाकर्षण भएको छ ।
अहिले हामी सबै लकडाउनमा छौॅ। यो बेला सही सूचना र तथ्यहरुको महत्व निकै हुने महसुस गरिरहेका छौँ ।
त्यसैले आज हामी कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीका कारण भैरहेको लकडाउनको यस्तो सकसपूर्ण अवस्थामा नागरिकको सूचनाको मौलिक हक हाम्रो देशमा पनि कसरी सुनिश्चित गराउने भन्ने सन्दर्भमा चर्चा गर्दैछौं ।
यसबारे विश्वभरी नै चिन्ता र जागरुकता पनि छ। यो बेला सूचनाको हक नियन्त्रित गर्ने कि झन सबल बनाउने भनेर।
प्रदेश २ को प्रदेशसभाले सुशासन प्रवर्द्धन गर्न जनलोकपाल ऐन पारित गरेको छ । लोकपाल ऐन भनिए पनि सो कानुन भ्रष्टाचारजन्य क्रियाकलापलाई नियन्त्रण गर्न प्रदेश सरकारअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रजस्तै नियमनकारी संस्था सिर्जना गर्न तर्जुमा गरिएको बुझिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त संवैधानिक निकाय हो ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा सूचना माग गर्दै दुई अधिवक्ताले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हकसम्बन्धी निवेदन (आरटीआई) दर्ता गराएका छन् ।
वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा सुरेन्द्र भण्डारीले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेअनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा टिचिङ अस्पतालसँग सूचना माग गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले कार्यविधिबेगर बैठक भत्तामा मात्र महिनामै लाखौं खर्चिने गरेको पाइएको छ ।
कार्यालय समयभित्र वा सम्बन्धित कार्यालयका कर्मचारी मात्र बस्ने बैठकको भत्ता लिन नपाइने व्यवस्था भएपनि भत्ता लिनकै लागि बैठकहरूलाई त्यस अनुकूल मिलाउने गरिएको गुनासो महानगरकै कतिपय कर्मचारीको छ ।
महानगरमा बैठक भत्तामा कतिसम्म खर्च हुन्छ भन्ने कुराका लागि केही उदाहरण हेरौं–
काठमाडौं - दुई वर्षयता उपमेयरसहित २७ जना जनप्रतिनिधिले औषधि–उपचार खर्चको बिल पेस गरेर काठमाडौंं महानगरपालिकाबाट ५१ लाख ५८ हजार रुपैयाँ लिएका छन्। जसमध्ये एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यलाई दुईपटक उपचार खर्च दिइएको छ।undefined
२०७६ माघ २० मा काठमाडौं महानगरपालिकाको वित्त विभागबाट प्राप्त विवरण अनुसार महानगरका कर्मचारीले यस अवधिमा आठ लाख ५० हजार रुपैयाँ औषधि–उपचार खर्च बुझेका छन्। जनप्रतिनिधि र कर्मचारीसँग पहुँच भएकाले पनि यस अवधिमा आठ लाख ८२ हजार रुपैयाँ औषधि– उपचारका नाममा लिएका छन्।
सूचनाको हकको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हो । सूचनाको हक संविधानको धारा २७ मा उल्लेखित मौलिक हक हो । अर्थात, राज्यले प्रत्येक नागरिकलाई परिपूर्ति गरिदिनुपर्ने विषय हो । सूचनाको हक छदैंछ, खोजे पाइन्छ भनेर हुदँैन । राज्यका हरेक निकायले जनतालाई थाहा दिने, जानकारी दिने, सूचना स्वतः सार्वजनिक गर्ने प्रवृत्तिलाई आत्मसाथ गरी पारदर्शि व्यवहार प्रर्दशन गरे मात्र जनताले स्वतः सूचना पाएर जान्ने अवस्था सिर्जना हुन्छ । सूचनाको हक सम्बन्धि ऐन अनुसार प्रत्येक सार्वजनिक निकायले कम्तिमा २० प्रकारका जानकारीहरु प्रत्येक तीन÷तीन महिनामा अध्यावधिक गरी विभिन्न माध्यमहरुबाट सार्वजनिक गर्न
खुला, पारदर्शि, जवाफदेही र उत्तरदायी सरकार सिर्जना गर्न नागरिकहरु सुसूचित, सकृय र जागरुक हुनुपर्दछ । सुसूचित नागरिकले मात्र जागरुक भूमिका खेल्न सक्छन् । सार्वजनिक मामिलामा सहभागिता जनाउन र सार्वजनिक सेवा प्रवाहबाट गुणस्तरीय सेवा प्राप्त गर्न पनि नागरिक सुसूचित र सकृय भएर निगरानीकर्ता बन्न आवश्यक हुन्छ । यसैको लागि नै सूचनाको हकलाई आधुनिक लोकतन्त्रमा आम मानिसको मौलिक हकका रुपमा स्थापित गरिएको हो ।
स्थानीय सरकारलाई पारदर्शि, जवाफदेही र उत्तरदायी बनाउन देशका १२ वटा पालिकामा सुशासन अभियान सञ्चालनमा छ । सो अभियान अन्तर्गत यो वर्ष सूचनाको हकको कानुनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन प्रयास गरिएको छ । स्थानीय तहमा सूचनाको हक सम्बन्धि अभियानबाट स्थानीय सरकारमा परिर्वतन ल्याउन गरिएको सो प्रयासमा संलग्न स्थानीय साझेदार संस्थाहरुका जिल्ला संयोजकहरुलाई आजको पडकाष्टमा समेटेका छौं । देशका विभिन्न ६ जिल्लाका १२ वटा पालिकामा यो अभियान कसरी सञ्चालन गरियो ?