By editor, 11 August, 2020

किरण पोखरेल

 

२०७७ श्रावण २७ मंगलबार 

नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र कामको दूरी रेल, बस वा अन्य यातायातको साधन चढेर एक घन्टाको हुन्छ र कलेज सकिएको एक घन्टा १० मिनेटभित्र ऊ कामका लागि सम्बन्धित ठाउँमा प्रवेश गरिसक्नु उसको बाध्यता छ । 

By editor, 10 August, 2020

 जनक विष्ट 

२०७७ साउन २६, 

धनगढीः राष्ट्रिय सूचना आयोगको आदेशपछि धनगढी उप–महानगरपालिकाले राहत वितरण सम्बन्धीका सूचना उपलब्ध गराएको छ। दिनेश एफएमले माग गरेका सार्वजनिक महत्वका सूचना धनगढी उप–महानगरपालिकाले झण्डै अढाई महिनापछि उपलब्ध गराएको हो।

By editor, 7 August, 2020

      काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा गैंडाकोटमा शिक्षक, विद्यार्थी, रोटरी क्लबको सदस्य लगायतलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।


    ३५ जना सहभागीलाई सूचनाको हक र एपबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमको तर्फबाट कृष्ण सापकोटाले जानकारी गराउनुभएको थियो ।

By editor, 5 August, 2020

धर्मेन्द्र झा

सूचनाको हक आमनागरिकका लागि प्रत्येक कालखण्डमा अपरिहार्य हुन्छ। कोभिड–१९ महामारीका सन्दर्भमा यसको प्रासंगिकता विश्वव्यापी बढेर गएको छ।

कोभिड–१९ संक्रमणको एउटा कारण आमजनतालाई यससम्बन्धी पर्याप्त सूचना उपलब्ध नहुनु हो। आवश्यक सूचना उपलब्ध नहुँदा मानिस अनाहकमा भयमा छन्।

By editor, 2 August, 2020

१७ श्रावण काठमाण्डौ। नेपालको संविधान २०७२ मा समावेश भएका मौलिक हकहरु कार्यान्वयनको लागि संविधान जारी भएको मितिदेखि ३ वर्षभित्रमा कानुन बनाएर कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको थियो तर अन्तरिम संविधान २०६३ को धारा २७ मा रहेको सूचनाको हकसम्बन्धी व्यवस्था नयाँ संविधानमा जस्ताको तस्तै राखिएको हुँदा यो मौलिक हक कार्यान्वयनको लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ को व्यवस्था विगत एक दशकदेखि कार्यान्वयनमा आइसकेको छ । सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली जारी भएको तेह्र वर्षभन्दा बढि भइसक्दा पनि त्रिभुवन विश्वविद्यालयमा यस ऐनको प्रभावकारी कार्यान्वयन नभएको भनी विशेषतः त्रिवि परीक्षा नियन्त

By editor, 1 August, 2020


  
 काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं २ मा पत्रकार, सूचनाको हकको अभियन्ता, स्थानीय प्रतिनिधिलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

   उक्त कार्यक्रममा २९ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो ।

By editor, 1 August, 2020


  

 काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं ५ को दाङमा स्थानीय महिला समुहलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

   उक्त अभिमुखिकरण कार्यक्रममा ४५ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार विपुल पोखरेलले जानकारी गराउनुभएको थियो ।

By editor, 31 July, 2020

 

    काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा गण्डकी प्रदेशको पोखरामा  पत्रकार, सूचनाको हकका अभियन्तारुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

By editor, 31 July, 2020

पोखरा । सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल नेपाल पोखरा महानगर सञ्जालको आयोजनामा बुधबार पोखरा महानगरपालिका वडा नं. ६ वैदाममा भएको भेलाले अनिल थापाको संयोजकत्वमा ७ सदस्यीय वडा सञ्जाल गठन गरेको छ ।

वडा सञ्जालको सहसंयोजकमा सुरेश पहारी, सदस्य सचिवमा विनिता वराल र सदस्यहरुमा दुर्गाप्रसाद तिमिल्सिना, कृष्ण वराल, रुद्र जिसी, लव भुजेल सर्वसम्मत चयन भएका छन् । सञ्जालमा आवश्यकता अनुसार क्षेत्रिय तथा समावेसीताको आधारमा सबैलाई समेट्ने गरी सञ्जाल विस्तार गर्न सकिने गरी गठन गरिएको छ ।

सो सञ्जालको सल्लाहकारमा विष्णुहरि अधिकारी, गिरिराज अधिकारी र सुर्यनाथ पहारीलाई चयन गरिएको छ ।

By editor, 31 July, 2020

 

    काठमाडौं । फ्रिडम फोरमले दाङ महिला जेसिससंगको सहकार्यमा प्रदेश नं ५ को दाङमा पत्रकार, शिक्षक, सूचनाको हकका अभियन्ता, महिलाहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।

    ६० जना सहभागीलाई उक्त प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार विपुल पोखरेलजानकारी गराउनुभएको थियो ।