सुशासन विज्ञ भन्छन्– 'अनैतिक मात्र होइन, आर्थिक अपराध हो'
कोरोना महामारीका कारण चौतर्फी आर्थिक मन्दी लागेको समयमा संघीय संसद्का सदस्यहरूले भने दशैं भत्ता बुझेका छन्, त्यो पनि गत वर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर । पोहोरको निर्णयका आधारमा संघीय संसद सचिवालयले सांसदहरूलाई दशैं भत्ता बाँडेको हो ।