समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको सक्रियता कमजोर
माघ १२, २०७६
(विराटनगर) — ‘सूचनाको हक ऐनबारे सर्वसाधारण अझै अनभिज्ञ छन्,’ विराटनगर–१ का सामाजिक कार्यकर्ता ४७ वर्षीय वकिल कार्की भन्छन्, ‘थाहा नै नभएपछि कसरी सूचना माग्छन् वा ऐनको प्रयोग गर्छन् ?’