By editor, 27 November, 2019

लोकतन्त्रको मुख्य लक्ष्य नै कानुनको शासन सुनिश्चित गर्नु हो । सबै मानिस कानुनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानुन अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानुनको शासन हुनु हो । सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ । सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन् । त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ । यी दुई पक्षबीच अत्यन्त अन्तरसम्बन्ध छ ।

By editor, 27 November, 2019

मेयरको चुनौती– 'मुद्दा हाल्दिनुस्

आदित्य दाहाल

न्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पोशाक भत्ताका नाममा जनप्रतिनिधिलाई गैरकानूनी रूपमा रकम बाँडेको खुल्न आएको छ । 

अझ अचम्मको कुरा त के भने जनप्रतिनिधिहरूले उक्त रकमबाट पोशाक खरिद गर्नुको साटोे पैसा थपथाप गरेर कसैले टीभी त कसैले गरगहना जोडेका छन् ।

ADVERTISEMENT

By editor, 26 November, 2019

शिवलाल पाण्डेय

सूचना नै शक्ति हो । आजको विश्वमा सूचनाका क्षेत्रको विकासले विश्व एउटा गाउँजस्तै भएको छ । सूचना र सञ्चारको यो युगमा सूचनाले नै क्षणभरमै विश्वमा उथलपुथल ल्याइदिन सक्छ । त्यसैले सूचनाको महìवपूर्ण स्थान छ ।

By editor, 18 November, 2019

लोकतन्त्रको मुख्य लक्ष्य नै कानुनको शासन सुनिश्चित गर्नु हो । सबै मानिस कानुनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानुन अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानुनको शासन हुनु हो । सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ । सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन् । त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ । यी दुई पक्षबीच अत्यन्त अन्तरसम्बन्ध छ । सूचनाको हक नभई हामी कानुनी शासनको कल्पनासम्म गर्न सक्दैनौं । यसै विषयमा वहस संचालन गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता विष्णु लुईटे

By editor, 15 November, 2019

बिर्तामोड, कात्तिक २८ ।  वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सूचनाको हक सम्वन्धि एक दिवसीय प्रशिक्षण सम्पन्न भएको छ ।

By editor, 11 November, 2019

विपन्न परिवारको जिविकोर्पाजनका लागि प्रत्येक सामुदायिक वनले आम्दानीको २५ प्रतिशत रकम छुट्याउनुपर्ने अनिवार्य प्रावधान भएपनि उपयोग गर्न नपाएका परिवारले सूचनाको हक प्रयोग गरेर जिविकोपार्जन गर्न सफल भएका छन् ।

कैलाली जिल्लाको थपालीपुरका रुपेश केसीले चेतना सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक वर्ष २०७३।०७४मा विपन्न परिवारको जिविकोर्पाजनका लागि कति रकम छुट्याएको छ ? त्यसबाट कति परिवार लाभान्वित भएका छन ? त्यसको विवरण प्रमाणित प्रतिलिपी माग गरेका थिए ।

By editor, 23 October, 2019

 नारायण अर्याल

 

कात्तिक ६, २०७६

काठमाडौं – नेपाल आयल निगममार्फत देशभित्र आयात हुने खाना पकाउने ग्यासको बिक्री मूल्य (ढुवानी भाडा थपघटबाहेक) देशभर समान हुन्छ ।

एउटै क्षेत्र भूगोलमा बस्ने ग्राहकले उस्तै मूल्यमा ग्यास सिलिन्डर साट्न पाउँछन् । जस्तैः काठमाडौंका सबै ग्राहकलाई ग्यासको मूल्य समान पर्छ ।

तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा खरिद गरेको ग्यासको खरिद मूल्य आयल निगमले तोकेको मूल्यभन्दा धेरै बढी देखिएको छ ।

By editor, 23 October, 2019

आदित्य दाहाल

कात्तिक ६, २०७६

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकार हो । सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रुपमा लिएकोे छ ।

जनताले समाज व्यवस्था, राज्य र विश्व व्यवस्थाको विषयमा थाहा पाएपछि मात्रै मानिसले आफ्नो भूमिका सशक्त रुपमा निर्वाह गर्न सक्दछ भनेर नै यो हकलाई नैसर्गिक हकका रुपमा मानिएको हो ।