सर्तकता केन्द्रमा सूचनाको हकको प्रयोग गरी सम्पत्ति विवरण माग 

By editor, 31 August, 2020

 

    सूचनाको हकको अभियन्ता राजु श्रेष्ठले राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा निवेदन दर्ता गर्दै विशिष्ठ श्रेणीमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण सम्बन्धी सूचना माग गरेका छन् ।


    नेपाल सरकार अन्र्तगत राष्ट्रिय सर्तकता केन्द्रमा रहेका सार्वजनिक पदधारण गरेका विशिष्ठ श्रेणीका निजामती कर्मचारीहरुको आर्थिक वर्ष २०७३÷०७४ देखि आ.व २०७५÷०७६ सम्मको सम्पत्ति विवरण माग गरेका हुन् । 


    तीन आर्थिक वर्षको सम्पत्ति विवरणसहितको प्रमाणित प्रतिलिपी पाउँ भन्दै श्रेष्ठले गत भदौ १४ गते निवेदन लेखेका छन् ।  


साथै श्रेष्ठले उक्त आर्थिक वर्षमा सम्पत्ति विवरणबारे कार्यालयमा कुनै जानकारी पेश नगर्ने कर्मचारीहरुको पनि नामावली माग गरेका छन् ।  


त्यस्तै कर्मचारीहरुको कुनै पनि माध्यमबाट सम्पत्तिको सार्वजनिकरण गरेको भए उक्त माध्यमबारे जानकारी गराउनुहुन र गरिएको छैन भने किन नगरिएको तथा यसको कानुनी प्रावधानबारे पनि श्रेष्ठले सूचना माग गरेका छन् ।