By editor, 20 August, 2020

धर्मेन्द्र झा

आज भदौ तीन । आज १३ औं राष्ट्रिय सूचना दिवस हो । तर कोरोना संक्रमणका कारण यो दिवस आज देशभरि उत्साहका साथ विविध कार्यक्रमको आयोजना गरी बनाउन सकिएन । १३ वर्षमा सम्भवतः यो पहिलोपटक हो जब यो दिवस कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरी बिदा हुने स्थिति छ ।

By editor, 19 August, 2020

नेपालमा सूचनाको हकसम्बन्धी ऐन लागू भएको १३ वर्ष पूरा भैसकेको छ । २०६४ भदौ ३ गतेबाट यो ऐन लागू भएको थियो । सो भन्दा ३० दिन अगाडि अर्थात् साउन ५, २०६४ मा तत्कालीन अन्तरिम संसदबाट यो ऐन पारित भएको थियो । 

सूचनाको हकसम्बन्धी कानून निर्माण भएको एक दशक बढी समय बितिसक्दा पनि नागरिकले सार्वजनिक सरोकारका सूचनाहरू सहज रूपमा पाउन सकेका छैनन् ।aaaaaaaaaaaaaaaaa

By editor, 19 August, 2020

काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय सूचना आयोगले कोरोना (कोभिड–१९) महामारीको बेला सूचनाको हकको महìव र सान्दर्भिकता अझ थप हुँदै गएको जनाएको छ ।


राष्ट्रिय सूचना आयोग दिवसको अवसरमा जारी प्रेस विज्ञप्तिमा आयोगले सूचनाको हक कार्यान्वयनमा उल्लेखनीय योगदान पु¥याउन आयोगले पञ्चवर्षीय रणनीतिक योजनाको तयारीमा लागेको जनाएको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ साल भदौ ३ गतेदेखि प्रारम्भ भएको र प्रत्येक वर्ष उक्त दिनलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको छ ।

By editor, 14 August, 2020

 

    काठमाडौं । फ्रिडम फोरमको आयोजनामा विजया सामुदायिक शिक्षा सदनको बालक्लवको सहकार्यमा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

    कार्यक्रममा सहभागी ३५ जना सहभागीलाई सूचनाको हक र एपबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमको तर्फबाट कृष्ण सापकोटाले जानकारी गराउनुभएको थियो ।

By editor, 13 August, 2020

 

    काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा पत्रकार तथा युवाहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

   कार्यक्रममा ३३ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार उमिद बागचन्दले जानकारी गराउनुभएको थियो ।

By editor, 11 August, 2020

किरण पोखरेल

 

२०७७ श्रावण २७ मंगलबार 

नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र कामको दूरी रेल, बस वा अन्य यातायातको साधन चढेर एक घन्टाको हुन्छ र कलेज सकिएको एक घन्टा १० मिनेटभित्र ऊ कामका लागि सम्बन्धित ठाउँमा प्रवेश गरिसक्नु उसको बाध्यता छ । 

By editor, 10 August, 2020

 जनक विष्ट 

२०७७ साउन २६, 

धनगढीः राष्ट्रिय सूचना आयोगको आदेशपछि धनगढी उप–महानगरपालिकाले राहत वितरण सम्बन्धीका सूचना उपलब्ध गराएको छ। दिनेश एफएमले माग गरेका सार्वजनिक महत्वका सूचना धनगढी उप–महानगरपालिकाले झण्डै अढाई महिनापछि उपलब्ध गराएको हो।

By editor, 7 August, 2020

      काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा गैंडाकोटमा शिक्षक, विद्यार्थी, रोटरी क्लबको सदस्य लगायतलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।


    ३५ जना सहभागीलाई सूचनाको हक र एपबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमको तर्फबाट कृष्ण सापकोटाले जानकारी गराउनुभएको थियो ।