By editor, 4 December, 2020

 

    सूचनाको हकको प्रयोग र यसको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सूचनाको हकको राष्ट्रिय सञ्जाल अन्तर्गत प्रदेश समिति गठन भएको छ ।

    केन्द्रिय समितिले प्रदेश नं. १ मा राजु श्रेष्ठको संयोजकत्वमा १७ सदस्य तदर्थ समिति गठन गरेको हो ।

    सञ्जालको सहसंयोजकमा पाचथरका सूचना अभियन्ता तथा पत्रकार मंगल बेघा भएका छन् भने सदस्य सचीवमा सुनसरीका सूचना अभियन्ता बिष्णुप्रसाद चौलागाईं भएका छन् ।

By editor, 25 November, 2020
सुशील पन्त कोरोना महामारी नियन्त्रण प्रयासमा देशभर आर्थिक अनियमितताका समाचार आइरहेको समयमा केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारले पनि कर्मचारी र सेवाग्राहीका लागि बजार मूल्यभन्दा महंगा सामान खरिद गरेको पाइएको छ । कोरोना सावधानीका लागि भन्दै प्रत्येक मन्त्रालय र सरकारी निकायले मास्क, स्यानिटाइजर, भाइजर र स्यानिटाइजर स्टान्डजस्ता सामान खरिदमा लाखौं रुपैया खर्च गरेको पाइएको छ । लोकान्तर डट्कमले गरेको खोजमा एउटै पर्खालभित्र रहेको सिंहदरवारभित्रकै मन्त्रालयले खरिद गरेका मास्क र स्यानिटाइजरको मूल्यमा ठूलो अन्तर देखिएको छ । मन्त्रालयले खरिद गरेका सामानको मूल्य र परिमाणमा अन्तर देखिएको छ । एउट
By editor, 18 November, 2020
झापा, ०२ मंसीर। गत वर्षदेखि कोभिड १९ ले विद्यालय शिक्षामा पारेको असर र पछिल्लो समय विद्यालय शिक्षाको गुणस्तरमा देशव्यापी रुपमा बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको एक विद्यालयमा चरम राजनीतिक गतिविधिका कारण प्रावि स्तरको शिक्षकले उच्च माध्यमिक तहसम्मको प्रधानाध्यापक पद पाएको भेटिएको छ । सूचनाको हकका अभियन्ता इश्वरा तिवारीले सूचनाको हकको प्रयोग गरी स्थानीय स्तरबाट विद्यालयमा माग गर्नुभएको लिखित सूचनामा विद्यालयले उपलब्ध गराएको विवरणले यो खुलासा गरेको हो । हल्दीवारी गाउँपालिकाभित्र रहेका ६ वटा माध्यमिक, ४ वटा आधारभूत र ७ वटा प्राथमिक विद्यालयहरु गरी कुल १७ वटा सामुदायिक
By editor, 18 November, 2020

 

सूचनाको हकका लागि राष्ट्रिय संजाल, नेपाल र जागौं नेपालका अभियन्ताहरुले संयुक्त रुपमा सूचनाको हक सम्बन्धी आम नागरिकहरुमा व्यवाहारिक ज्ञान दिन प्रत्येक आईतबार अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
यो कार्यक्रम निशुल्क रुपमा जुम लिंक मार्फत नेपाल लगायत विश्वभरीका नेपाली नागरिकहरुका लागि नेपाली समय अनुसार बेलुकी ७ बजे देखि प्रत्येक आईतबार संचालन गरिदै आईरहेको छ ।

By editor, 10 November, 2020

राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ ।
 
    ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम साता काठमाडौँका ११ वटै स्थानीय तहसँग सूचना माग गरे । सूचना माग गरेको दुई महिना पूरा हुँदासम्म चार वटा स्थानीय तहबाट मात्र सूचना पाइएको उनले जानकारी दिए ।
 

By editor, 4 November, 2020

धर्मेन्द्र झा

सूचना पाउनु नागरिकको मौलिक अधिकार हो। यो अधिकारको उपयोगबाट आमनागरिक शक्तिशाली बन्ने र सार्वजनिक निकाय पारदर्शी तथा जनताप्रति थप उत्तरदायी बन्ने अपेक्षा गरिन्छ। यस अर्थमा सूचना शक्ति हो। 

सार्वजनिक निकाय नागरिकको यो मौलिक हक प्रचलनका सन्दर्भमा प्रायः अनुदार देखिएका छन्। यस्ता निकायका कतिपय अधिकारी यो ऐनको प्रयोगमा उदासीन मात्र होइन, असहिष्णु छन्। 

By editor, 3 November, 2020

संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् ।

रामजी दाहाल: खोज पत्रकारिता केन्द्र

संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् ।

By editor, 3 November, 2020

१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो ।

भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् ।

By editor, 21 October, 2020
विमल गौतम

कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहको शक्ति उन्माद यस्तो थियो कि उनले जे बोल्यो त्यही कानून हुन्थ्यो । दरबारमार्गमा पारसले चलाएको गाडीले गायक प्रवीण गुरुङको ज्यान लिएको खबर आउँदा उनीमाथि कारवाही त के कसैले सोध्नेसम्म आँट गरेनन् । कुट्ने, धम्क्याउने, थर्काउने घटना त कति हो कति । उनका अपराध अरूका लागि केबल जोक, चिया गफ र हाँसीमजाकका खुराक बन्थे । शक्ति उन्मादमा रहेको मानिस अन्धो हुन्छ, शायद । त्यो बेला पारसले कल्पना पनि गरेका थिएनन् होला– आज यो दिन आउँछ भनेर । समयको बेग न हो, उहिलेका पारस र आजका पारस तुलना गरेर ह

By editor, 21 October, 2020
विमल गौतम

कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहको शक्ति उन्माद यस्तो थियो कि उनले जे बोल्यो त्यही कानून हुन्थ्यो । दरबारमार्गमा पारसले चलाएको गाडीले गायक प्रवीण गुरुङको ज्यान लिएको खबर आउँदा उनीमाथि कारवाही त के कसैले सोध्नेसम्म आँट गरेनन् । कुट्ने, धम्क्याउने, थर्काउने घटना त कति हो कति । उनका अपराध अरूका लागि केबल जोक, चिया गफ र हाँसीमजाकका खुराक बन्थे । शक्ति उन्मादमा रहेको मानिस अन्धो हुन्छ, शायद । त्यो बेला पारसले कल्पना पनि गरेका थिएनन् होला– आज यो दिन आउँछ भनेर । समयको बेग न हो, उहिलेका पारस र आजका पारस तुलना गरेर ह