सूचना अधिकारी र लेखा परिक्षणको प्रतिवेदन माग्दै सूचना दर्ता 

By editor, 7 September, 2020

काठमाडौं । फ्रिडम फोरमले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस र कार्यालहरुसंग सूचना अधिकारी र लेखा परिक्षणको प्रतिवेदन माग्दै सूचना माग गरेको छ । 

आर्थिक वर्ष २०७३÷०७४ देखि आ.व २०७५÷०७६ सम्मको गरी तीन आर्थीक वर्षको महालेखा र आन्तरिक लेखा परिक्षणको प्रतिवेदन लगायतका विषयमा सूचना माग गर्दै आज हुलाक मार्फत सूचना दर्ता गरेको छ । 

२८ सेप्टेम्बर सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस भएकाले सोही अनुरुप फ्रिडम फोरमले उक्त महिनाभर सूचनाको हक सम्बन्धी विभिन्न क्रियाकलप गर्दै मनाउने गरेको छ ।

यसको पहिलो चरणको कार्यक्रम घोषणा गर्दै फ्रिडम फोरमले त्रिवि अन्र्तगत देशै भरका क्याम्पस र कार्यालयहरुसंग प्रतिवेदनसहितको सूचना माग गर्दै तारानाथ दाहाल र आदित्य दाहालको संयुक्त नाममा हुलाक मार्फत क्याम्पस र कार्यालयहरु गरी ८१ वटा निवेदन दर्ता गराएको हो ।

सूचना अधिकारी, वडापत्रको जानकारी र प्रतिवेदनको प्रमाणित प्रतिलिपीसहितको सूचना माग गर्दै निवेदन दर्ता गरेको हो । 

सुशासन, पारदर्शीता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र लगाएतका विभिन्न पक्षमा लामो समयदेखि क्रियाशिल रहि काम गर्दै आएको नागरिक संस्था फ्रिडम फोरमले सेप्टेम्बर महिनालाई सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।